भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

होडिङ बोर्डमा नेपाली कलाकार


  • भाद्र २२, २०८०
  • 284 Views
होडिङ बोर्डमा नेपाली कलाकार image

काठमाडौं । विज्ञापन बोर्ड नेपालले होर्डिङ बोर्डको विज्ञापनबाट विदेशी कलाकारको फोटो हटाउने तयारी गरेको छ। विज्ञापन नियमन गर्ने नियमावली २०७७ को पहिलो संशोधनले होर्डिङ बोर्डबाट विदेशी कलाकारको फोटो राख्न नपाउने व्यवस्था गरेको छ।

संशोधित नियमावलीको व्यवस्थालाई कार्यान्वयनमा लैजाने तयारी भएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए। आगामी साताभित्र नै होडिङ बोर्डबाट विदेशी कलाकारको फोटो हटाउने सम्बन्धमा सार्वजनिक सूचना निकाल्ने जानकारी हुमागाईंले दिए। बोर्डको एक अध्ययनअनुसार करिब ५ सय १३ पालिकामा होडिङ बोर्ड राखिएको छ। तर, कति होडिङ बोर्ड छन् भन्ने तथ्यांक भने बोर्डसँग छैन। स्वीकृतिबिना नै राखिने हुँदा होडिङ बोर्डको यकिन तथ्यांक थाहा नभएको बोर्ड जनाएको छ।

अब स्थानीय निकायमा पूर्वस्वीकृति लिएर होडिङ बोर्ड राख्न थालेपछि यकिन तथ्यांकमा पनि थाहा हुनेछ भने भद्रगोल रूपमा राखिएका होडिङ बोर्ड नियमनको दायरामा आउनेछन्। होडिङ बोर्डमा विदेशी कलाकारको फोटो हटाएर नेपाली कलाकार वा व्यक्तिको फोटो राख्नुपर्ने नियमावलीको व्यवस्था छ। अध्यक्ष हुमागाईंका अनुसार संशोधित नियमावलीमा यो व्यवस्था ल्याउनुको कारण पूर्वदेखि पश्चिमसम्म जाँदा होडिङ बोर्डमा देखिने विदेशी कलाकारको फोटोका कारण नेपाल हो कि विदेश हो ठम्याउन नै कठिन भएको छ।

होडिङ बोर्डमा गरिने विज्ञापनमा नेपालीपन ल्याउनका लागि पनि यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको बोर्डले जानकारी दिएको छ। यस्तै, नेपाली कला क्षेत्रको मूल्यांकन होस्, नेपाली कला संस्कृतिको प्रवद्र्धन होस् र नेपाली कलाकारको प्रभाव बढाउनका लागि पनि यो विज्ञापन नीति लिइएको अध्यक्ष हुमागाईंले बताए। तर, विदेशी विज्ञापन कम्पनीले विश्वभर नै ब्रान्डमा एकरूपता ल्याउने पक्षमा जोड दिने गरेको भए पनि सो सम्बन्धमा बोर्डले विचार गर्ने तर्क अध्यक्षको छ। ‘मुख्य कुरा भनेको नेपाली कलाकारले काम पाउने भए। कलाकारको पनि प्रवद्र्धन हुने भयो,’ हुमागाईंले भने।

बाह्य विज्ञापनअन्तर्गतको होडिङ बोर्ड अहिलेसम्म नियमनको दायरामा नआएको विषय हो भने यो स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छ। राजस्व उठाउने पनि स्थानीय तहले नै हो। प्रत्येक होडिङ बोर्ड नगरपालिकाको स्वीकृतिबिना राख्न पाइने छैन। अहिले स्थानीय तहले ठेक्कामार्फत होडिङ बोर्ड कर उठाउने गरेको छ। तर अब नगरपालिकामा नै उपस्थित भएर राजस्व उठाउन पर्ने बोर्ड अध्यक्षले जानकारी दिए। अब होडिङ बोर्डको करमा हुने ठेक्कापट्टाको अन्त्य हुने विश्वास बोर्डको छ। यसो गर्दा वडा कार्यालयहरू बढी सक्रिय हुनेछन्।

कुनै पनि वडाको निजी घरमा वा सार्वजनिक स्थानमा होडिङ बोर्ड राख्नप¥यो भने वडाको सिफारिस अनिवार्य हुनेछ। व्यवसाय दर्ता गरेकाले भने व्यवसायको पक्षबाट होडिङ बोर्ड राख्न पाउनेछन्। देशभरको होडिङ बोर्डको विज्ञापनको मापदण्ड भने बोर्डले तय गर्नेछ। यस्तै, होर्डिङ बोर्डलाई नियमन गर्नका लागि बढी भीडभाड हुने ठाउँमा डिजिटल बोर्ड हटाउने तयारी पनि बोर्डको छ।

अन्नर्पूण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.