भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभामा आज सम्बोधन गर्दै


  • चैत्र २५, २०८१
  • 191 Views
प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभामा आज सम्बोधन गर्दै image

जनकपुरधाम ,चैत २६। मधेस प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।

ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । मधेस प्रदेशसभाको बैठक सभाहललाई चिटिक्क बनाइएको छ । प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले प्रधानमन्त्रीको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वारको निर्माण तथा सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध भइसकेको अन्नपूर्णलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मंगलबार १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।उनले भने, ‘प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।’ अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.