भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

द्वन्द्वले खोसिएकी छोरी, इन्द्रकुमारी


  • भाद्र १४, २०८१
  • 239 Views
द्वन्द्वले खोसिएकी छोरी, इन्द्रकुमारी image

भोजपुर । २०५९ माघ ६ गते बिहान घरबाट ट्ययुसनका लागि हिँडेकी इन्द्रकुमारी २० वर्ष बितिसक्दा पनि अझै गुमनाम छिन्। तात्कालीन राज्य पक्ष र माओवादीबीच चलेको सशस्त्र संघर्षका दौरान गाउँघरदेखि कुना–कुना त्रासमय थियो। त्यही द्वन्द्वको शिकार भइन् हतुवागढी गाउँपालिका ४, खैराङ्की इन्द्रकुमारी राई।

एसएलसी परीक्षाको तयारीमा रहेकी इन्द्रकुमारी साँझसम्म पनि घर नफर्केपछि परिवारले खोजी गरे। गाउँभरि खैलाबैला मच्चियो। तर, उनको केही पत्तो लागेन। घरमा ७५ वर्षीय वृद्ध बाबु हैकमसिं राई र परिवारको छटपटीमै रात कट्यो। भोलिपल्ट बिहानै गाउँबस्तीका घरगोठ, भीरपाखा, वनजंगल खोजियो। संक्रमणकालीन अवस्थाले जथाभावी खोज्ने अवस्था पनि थिएन। तर, पनि हैकमसिं र परिवारले छोरीको खोजी गरिरहे। एकदिन दुइदिन गर्दै महिनौंसम्म मानिस लगाएर खोजी गरे। खोजी गर्दागर्दै घरको जायजेथा सबै रित्तियो।

जिल्ला प्रहरी हुँदै विभिन्न निकायसम्म हारगुहार गरे। सबै बेखबर बने। आफ्नो छोरी बिछोडिँदाको पीडा एकातिर अर्कोतिर गरिबीले गाँजेको अवस्था। घरमा छोरा र कान्छी छोरी सानै। यस्तै क्रममा ०६४ सालमा जिल्ला अदालतको चक्कर पनि काटे हैकमसिं र छोरा रमेश ९इन्द्र कुमारीकी दाजु०ले। कुनै लछारपाटो लागेन।

केही समयपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपाल, नेपाल रेडक्रस सोसाइटी, माइती नेपाल, प्रहरी, स्थानीय शान्ति समितिमार्फत छोरीको हुलिया सबै बोकेर उजुरीका पोकासँग यताउता धाए पनि। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म खोजी प्रयास भयो। फेरि पनि पत्ता नलागेपछि छोरी जीवितै छ भन्ने मनमा झिनो आस मरेको थिएन, हैकमसिं र उनको परिवारलाई।

‘सम्झिँदा मन भक्कानिएर आउँछ, भाको एउटी छोरी। न सास पाइयो न लास।’ बाबु हैकमसिंले भावकु हुँदै भने, ‘मेरी छोरी बाँचेकै छ जस्तो लाग्छ। अझै आस मरेको छैन।’ छोरीको मायाले बेलाबेला भक्कानिएर चाउरी परेको गालाका डिलबाट बलिन्द्र आँशु धारा बहाउन पुग्छन्, वृद्ध बाबु हैकमसिं।

छोरीलाई कसले लग्यो, किन लग्यो, कहाँ लग्यो, मर्‍यो कि बाँच्यो भन्ने कुनै टुंगोठेगान नभएपछि आसैआसमा दिनहरू बित्न थाले। राज्यका हरेक निकायले पनि बेपत्ता बहिनीको खोजीमा बेवास्ता गरेको दाजु रमेश गुनासो गर्छन्। ‘बहिनी जिउँदो छ कि भन्ने अझै पनि आस मरेको छैन, तर राज्यले खोजिदिँदैन, जोरविन्ती सुनिदिँदैन’ रमेशले भने। चारवर्षसम्म लगातार पाल्तु बाख्रा, कुखुरा, सुँगुर, धनसम्पत्ति जस्ता जायजेथा सबै बेचेर मान्छे खोज्न लगाए पनि कुनै पार लागेन। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.