भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ

महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ

मुख्य बुँदा

महोत्तरीमा बालक अपहरण प्रयास भएको घटना

८ वर्षीय बालकलाई मोटरसाइकलमा लगिँदै गर्दा स्थानीयले रोके

अपहरणकारीहरूले बालकलाई छाडेर भागेका थिए

फरार अभियुक्त नवराज अधिकारी रौतहटबाट पक्राउ

अपहरणमा प्रयोग भएको मोटरसाइकल बरामद

थप अनुसन्धानका लागि ६ दिनको म्याद थप

प्रहरीद्वारा अनुसन्धान जारी

महोत्तरी, २० जेठ । महोत्तरीमा बालक अपहरण प्रयासमा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गढीमाई नगरपालिका–७ निवासी २३ वर्षीय नवराज अधिकारी रहेका छन्।

गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरीबाट तीन जना अज्ञात व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा ८ वर्षीय बालकलाई अपहरण गरी लैजाँदै गर्दा स्थानीयले देखेर रोक्ने प्रयास गरेका थिए।

स्थानीयले अवरोध गरेपछि अपहरणकारीहरूले बालकलाई सोही स्थानमा छाडेर फरार भएका थिए।प्रहरीले घटनापछि अनुसन्धान गर्दै अपहरणमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको थियो।

उक्त घटनामा संलग्नमध्ये फरार रहेका नवराज अधिकारीलाई प्रहरीले हालै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ परेका अधिकारीलाई थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.