भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड

तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड

काठमाडौँ, २० जेठ । तातो हावा तथा गर्मी लहर (हिट वेभ) बाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेकोमा सरकारी तथा गैरसरकारी निकायहरूले जोड दिएका छन्।

‘हिट एक्सन डे’ को अवसरमा नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ (IFRC) लगायतका संस्थाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तीनै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताइएको हो।

गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि मन्त्रालयले कार्ययोजना स्वीकृत गरी लागू गरिसकेको जानकारी दिए। साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत जोखिमयुक्त जिल्लामा सचेतना सन्देश प्रवाह भइरहेको बताए।

जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले तापक्रम मात्र नभई हावा र आर्द्रता जस्ता पक्षलाई समेत समेटेर गर्मीजन्य जोखिम मूल्याङ्कन गर्न आवश्यक रहेको बताइन्। उनका अनुसार यस वर्ष औसतभन्दा कम वर्षा हुने सम्भावना रहेकाले गर्मी लहरका दिन बढ्न सक्ने देखिएको छ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले विभिन्न सरोकारवाला निकायबीचको सहकार्यले आगामी दिनमा प्रभावकारी रणनीति निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै डिपी नेपालका अध्यक्ष डा. बसन्तराज अधिकारीले जलवायु परिवर्तनका कारण गर्मीको प्रभाव तराई क्षेत्रमा मात्र सीमित नरही देशभर फैलिन थालेको उल्लेख गर्दै अनुसन्धान र नवप्रवर्तन आवश्यक रहेको बताए।

 


Thali Mobile Pvt.Ltd.