भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कास्कीका पाँच सहकारीका बचतकर्ताको तीन अर्ब जोखिममा


  • पुष ११, २०८०
  • 461 Views
कास्कीका पाँच सहकारीका बचतकर्ताको तीन अर्ब जोखिममा image

लेखनाथ । कास्कीका पाँच सहकारीमा समस्याग्रस्त भएपछि बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । ती सहकारीमा बचतकर्ताको दुई अर्ब त्रियासी करोड सैँतिस लाख एकहत्तर हजार जोखिममा परेको हो । यी सहकारीका सञ्चालक विरुद्ध तीन जार छ सय बचतकर्ताले प्रहरीमा उजुरी गरेका छ । शिव शिखर बहुउद्देश्यीय सहकारी, इमेज बचत तथा ऋण सहकारी, सूर्य दर्शन बचत तथा ऋण सहकारी, बलिदानी बचत तथा ऋण सहकारी संस्था र मित्र मिलन बचत तथा ऋण सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् ।

शिव शिखरका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध एक हजार एक सय ३९ जनाले उजुरी दर्ता गराएका छन् । इमेजका १५ जनाविरुद्ध पाँच सय २४ जनाले, सूर्य दर्शनका १९ जनाविरुद्ध एक हजार ३४ जनाले, बलिदानीका १५ जनाविरुद्ध एक सय ९८ जनाले र मित्र मिलनका ३२ जनाविरुद्ध ७ सय १४ जनाले उजुरी दिएका हुन् । यसरी उजुरी परेकाहरूलाई पक्राउ पुर्जी जारी भएको छ भने पक्राउ पुर्जी जारी भएकाहरू धेरैजसो फरार छन् । शिव शिखरका पूर्व अध्यक्ष केदारनाथ शर्मा, व्यवस्थापक लीलानाथ गौतम, सदस्य अमिसराज भण्डारी र अर्का सदस्य पुष्कर मल्ल पुर्पक्षका लागि कारागार चलान हुँदा बाँकी अभियुक्त भने फरार छन् ।

सूर्य दर्शन बचत तथा ऋण सहकारीका १९ जनालाई पक्राउ पुर्जी जारी भएको छ । कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा रहँदा बाँकी सबै फरार छन् । यस्तै, इमेज बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारी गरी १५ जनालाई पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखा समिति संयोजक शक्ति किसान, लेखा समिति सदस्यहरू भूमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये दुई जना पुर्पक्षका लागि थुनामा जाँदा चार जना धरौटीमा रिहा भएका छन् । बाँकी नौ जना भने फरार छन् । बलिदानी बचत तथा ऋण सहकारी संस्थाका १५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखा समिति सदस्य सचिना थापालाई प्रहरीले पक्राउ परेको थियो । तीमध्ये तीन जना पुर्पक्षका लागि थुनामा र दुई जना धरौटीमा छुटेका छन् । बाँकी १० जना फरार छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारीको ठगी अभियोगमा ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धि सागर पौडेललाई प्रहरीले पक्रेको छ ।बाँकी २७ जना फरार छन् । पक्राउ परेकामाथि अनुसन्धान र फरारहरूको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । मित्र मिलन ठगीमा फरार हुनेमा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दीपक सुवेदीसम्म हुनुहुन्छ ।

गोरखापत्र अनलाइनबाट…

 


Thali Mobile Pvt.Ltd.