भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अछामको तुर्माखाँदमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु


  • श्रावण ९, २०७९
  • 349 Views
अछामको तुर्माखाँदमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु image

काठमाडौँ । अछामको तुर्माखाँद–२ भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । एक जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले ईकान्तिपुरलाई बताए ।

अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको डिएसपी डाँगीले जानकारी दिए । पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरमुली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएको उनले बताए । कान्तिपुर दैनिकबाट….

 

 


Thali Mobile Pvt.Ltd.