भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अडियो प्रकरणले धरापमा श्रेष्ठको सांसद पद


  • चैत्र २९, २०७९
  • 208 Views
अडियो प्रकरणले धरापमा श्रेष्ठको सांसद पद image

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँको ‘डिल’ गरेको अडियो ९श्रव्य सामग्री० बाहिरिएपछि उनको सांसद पद धरापमा छ। सञ्चारमाध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारबाही नगर्नरनगराउन निर्देशन दिएको थियो। त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो।

सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए। स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ। सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ। श्रेष्ठले स्पष्टीकरण दिएपछि केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलबार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ। ‘उहाँ ९ढाकाकुमार श्रेष्ठ० ले २४ घण्टा नाघेर स्पष्टीकरण दिनुभयो। केही ढिला भए पनि उहाँको स्पष्टीकरण लियौं,’ अनुशासन तथा आचरण समितिका संयोजक भरतमणि देवकोटाले भने, ‘यस्तै उहाँसँग मंगलबार बयान पनि लियौं। पार्टीको निर्देशनअनुसार स्पष्टीकरण र बयान लियौं, सत्यतथ्य पनि बुझ्यौं। सबै बुझेर प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेका छौं।’

समितिले फेला पारेको तथ्यबारे भने संयोजक देवकोटाले खुलाउन चाहेनन्। ‘हामीले जे देख्यौं, त्यहीं प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गरेका छौं। के सिफारिस गर्‍यौं भनेर अहिले भन्न सक्दैनौं। हामीले सिफारिस गरेभन्दा फरक निर्णय पार्टीबाट भए विवादित भइन्छ। त्यसैले अहिले केही नभनौं,’ देवकोटाले भने।

श्रेष्ठका बारेमा केन्द्रीय समितिले सम्भवत: बुधबार आवश्यक निर्णय लिने देवकोटाले बताए। उनले भने, ‘हाम्रो सभापतिज्यू ९रवि लामिछाने० ले ७२ घण्टाभित्र आवश्यक कदम उठाउँछौं भनेर खुला रूपमा भन्नुभएको छ। त्यसैले बुधबार नै निर्णय थाहा पाइहाल्नुहुन्छ।’

देवकोटा संयोजक रहेको रास्वपा अनुशासन तथा आचारण समिति चार सदस्यीय छ। समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य छन्।

प्रसाईंले सार्वजनिक गरे अर्को अडियो

रास्वपा सांसद श्रेष्ठसँग भएको उक्त अडियो आफूले सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको प्रसाईंले बताउने गरेका छन्। उनले उक्त अडियो शतप्रतिशत सत्य रहेको बताए। प्रसाईंले रास्वपा सांसद श्रेष्ठले आफूसँग दुई करोड रूपैयाँ मागेको अडियो सत्य रहेको दाबी गर्दै आएका छन्। प्रसाईंले उक्त अडियो गत माघ पहिलो साताको भएको दाबी गरेका छन्। प्रसाईंले श्रेष्ठसँग ह्वाट्सएपबाट उक्त कुराकानी भएको बताए। अहिले नयाँ भनिएका पार्टीका भ्रष्ट चरित्र उदांगो पार्न आफूले उक्त अडियो सार्वजनिक गरेको उनको दाबी छ।

यसैबीच सांसद श्रेष्ठले कुराकानी गरेको अर्को अडियो पनि बाहिर आएको छ। अर्को अडियो पनि प्रसाईंले नै बाहिर ल्याएका हुन्। मिडियालाई आफूले उक्त अडियो उपलब्ध गराएको प्रसाईंको दाबी छ।

सञ्चारमाध्यमबाट सार्वजनिक अर्को अडियोमा प्रसाईंको टिमका यदु गौतमसँग सांसद श्रेष्ठले कुरा गरेको सुन्न सकिन्छ। जसमा श्रेष्ठले आफ्नो पक्षमा प्रसाईंले केही बोलिदिए ‘सहज हुने, माहोल बन्थ्यो कि’ भन्ने अपेक्षा राखेका छन्। ‘दुर्गाजीले मेरो अडियोबारे बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर’, दोस्रो अडियोमा सुनिन्छ।

यस्तै थप अर्को अडियोमा सांसद श्रेष्ठका भाइ भन्ने एक व्यक्तिले प्रसाईंसँग कुरा गरेका छन्। आफूलाई सांसद् श्रेष्ठको भाइ भन्ने ती व्यक्तिले प्रसाईंसँग ‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो’ भनेर गुनासो गरेका छन्।

रास्वपा ‘कोर टिम’माथि छानबिन माग

सांसद श्रेष्ठ र प्रसाईंबीचको अडियो सार्वजनिक भएपछि सुशासन र आर्थिक पारदर्शिताको नारा दिएर स्थापनाको ६ महिनामै प्रतिनिधिसभामा चौथो ठूलो पार्टी बनेको रास्वपामाथि नै प्रश्नचिह्न खडा भएको छ। सांसद श्रेष्ठकै लवजमा रेकर्ड भएको टेपमा रास्वपा ‘कोर टिम’बाट मन्त्री बन्न सुरुमा अढाइ करोड रूपैयाँ मागिएको र अन्तिममा दुई करोडमा पक्कापक्की भएको सुनिन्छ।

अडियोमा सुरुमा एक करोड मात्रै र बाँकी पछि दिए पनि हुने सांसद श्रेष्ठको बोली सुनिन्छ। सांसद श्रेष्ठले मन्त्री बन्न ‘कोर टिम’लाई पैसा बुझाउनुपर्ने भनेकाले ‘कोर टिम’माथि नै छानबिन हुनुपर्ने माग उठिरहेको छ। अडियोसँगै सभापति लामिछानेमाथि पनि छानबिन हुनुपर्ने टिप्पणी भइरहेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि कांग्रेस सांसद धनराज गुरुङले उक्त अडियो प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका थिए। गुरुङले अडियोमा भनिएको रास्वपा ‘कोर टिम’बारे पनि संसदीय समितिमार्फत छानबिन हुनुपर्ने बताएका थिए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रास्वपा सांसद श्रेष्ठले दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताएका थिए। प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भनेका थिए, ‘अडियोका कारण तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं।’

रास्वपा ‘कोर टिम’का नाममा छानबिन हुनुपर्ने माग भइरहेका बेला सभापति लामिछाने भने ‘लोकरिझ्याइँ शैलीमा बचाउमा उत्रिएका छन्। अडियोका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने भएको छ।

नागरिक न्यूज दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.