भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अब विद्यालय खुल्छन्


  • मंसिर १०, २०७७
  • 555 Views
अब विद्यालय खुल्छन् image

काठमाडौँ । कोरोना महामारीको जोखिमकै बीच सरकारले परीक्षाहरूमध्ये पहिलोपटक कक्षा १२को विद्यार्थीहरूको भौतिक उपस्थितिमै मंसिर ९ गतेदेखि अन्तिमा परीक्षा सुरु गर्यो । ९ महिनादेखि विद्यालय बन्द हुँदा घरमा उकुस मुकुसमा रहेका विद्यार्थीहरू बुधबार परीक्षामा तोकिएको समयभन्दा एक घन्टाअगावै पुगेर साथीसँग भौतिक दूरी कायम गर्दै गफिँदै थिए । उनीहरू साथीसँग अन्तरआत्मादेखि नै विद्यालय आउन पाएको खुशी व्यक्त गरिरहेका भेटिए । मंगलबारको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा विद्यार्थीले स्वास्थ्य सुरक्षाको मापदन्ड पनि पूर्णरुपमा अपनाएका थिए । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल परीक्षा सञ्चालन, व्यवस्थापन तथा स्वास्थ्य सुरक्षाको मापदन्डबारे बुझन त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविमा साढे आठ बजे पुगेका थिए ।

उनी स्कुलमा पुग्नसाथ स्कुलले अपनाएको स्वास्थ्य सुरक्षाको मापदन्ड देखेर सन्तुष्ट बने । विश्व निकेतन स्कुलले परीक्षार्थीको ज्वरो नाप्न थर्ममिटर गन, सेनिटाइजर, मास्क, साबुनपानी तथा सेनिटरी प्याडसमेतको व्यवस्था गरेको थियो । यो देखेपछि उनले यस्तै सावधानी अपनाएर भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिने आधार बनेको बताए । ‘स्कुलका शिक्षक र विद्यार्थी निकै सचेत भएको मैले पाए,’ उनले अनुगमनपछि नागरिकसँग भने, ‘विद्यार्थी भाइबहिनीहरू पनि भौतिक दूरी कायम गरी आफैं जागरुक बनेर सुरक्षाका सबै उपाय अपनाएर परीक्षा दिइरहेको देख्दा सन्तुष्ट बनेँ ।’नौ महिनादेखि विद्यार्थी नभएर भूतबंगलाजस्तै बनेका विद्यालयहरू खुल्ने भएपछि खुसियाली छाएको छ

कक्षा १२ को परीक्षाको सफलताको आधार आँकलन गरी स्कुलले आफंै वस्तुस्थिति मूल्याकन गरी स्थानीय तहको सहकायमा मंसिरको अन्त्यसम्म विद्यालय खुल्ने बताए । मन्त्री पोखरेलले स्कुल खुल्ने र बन्द गर्ने आधारनै कक्षा १२ को परीक्षालाई मानिने जनाए । उनले अब अन्य विश्वविद्यालयका परीक्षा र लोक सेवा आयोगको परीक्षा पनि भौतिक उपस्थितकै आधारमा गर्ने बाटो खोलिदिएको समेत दाबी गरे । ‘मंगलबार अनिवार्य अंग्रेजीको परीक्षा हामीले सोचेको भन्दा व्यवस्थित र सुरक्षित भयो,’ मन्त्री पोखरेलले भने, ‘मन्त्रालयका सविच, सहसविचलगायतका टोली बनाएर उपत्यकाका एक दर्जनभन्दा बढी विद्यालय अनुगमन गर्यौं । स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर परीक्षा लिएको पायौं ।’

विश्व निकेतन स्कुलमा परीक्षा दिन आएकी दाङकी कृतिका ढकालले ९ महिनापछि परीक्षा दिन आएको सुरुमा मनमा केही त्रास रहे पनि स्कुलले व्यवस्था गरेको स्वास्थ्य सुरक्षाको उपाय अपनाएर परीक्षा दिँदा मनबाट त्रास मेटिएको बताइन् । अर्का परीक्षार्थी आयुष रेग्मीले पनि ढुक्क भएर परीक्षा दिएको अनुभव सुनाए । ‘४० प्रतिशतको डेढ घण्टाको परीक्षा ढुक्क भएर दिँए ,’ उनले भने ‘प्रश्नपत्र पनि सजिलो नै थियो । घर बस्दा मानसिक तनाब हुने रहेछ । स्कुलमा आएर साथीसँग बोल्दा, मनका कुरा सेयर गर्दा खुशी लाग्ने रहेछ । ’विश्व निकेतन स्कुलका प्राधानाध्यापक हेरम्बराज कँडेलले कोरोना जोखिमका कारण ९ महिनादेखि भूतबंगला बनेको विद्यालय मंगलबारबाट बल्ल खुसियाली छाएको अनुभव सुनाए ।

‘हामी शिक्षकहरू विद्यार्थीमै रमाउाले पेशाका भएकोले होला विद्यार्थीकै उपस्थितिबेगर स्कुल नै भूत बंगला लाग्दो रहेछ,’ प्राधानाध्यापक कँडेलले भने, ‘हाम्रो स्कुलबाट कुल ६ सय ९१ विद्यार्थीले परीक्षा दिनुपर्नेमा सबै उपस्थ्ति रहे । कुनै समस्या भएन ।’ जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशतको सञ्चालन गरेको राष्ट्रिय परक्षिा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । यसअघि माध्यामिक परीक्षा कक्षा १० एसइईको लिखित परीक्षा स्थगित गरी विद्यालयहरूले गरेको विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै गरिएको थियो । मंगलबार होमसेन्टरबाटै संचालन भएको परीक्षामा ४ लाख ३३ हजार एक सय ८० परीक्षार्थीका लागि ४ हजार १ सय ५ परीक्षा केन्द्र तोकिएको हो । कोरोना महामारीको समयमा भौतिक उपस्थितमा गरिएको यो पहिलो परीक्षा भएको अध्यक्ष पैडेलले बताए। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.