भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अरुण तेस्रो मूल्यांकन चित्त बुझ्दो भएन


  • फाल्गुन २७, २०७९
  • 328 Views
अरुण तेस्रो मूल्यांकन चित्त बुझ्दो भएन image

खोटाङ । अरुण तेस्रो जलविद्युत आयोजना प्रभावितले घरबार विहीन बनाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् । जानकारी नै नदिई जग्गाको मूल्यांकन गरेको, जग्गाको वस्तुगत आधारमा पहिचान नगरी चलन–चल्तीको मुल्यभन्दा कम निर्धारण गरेको लगायतका विषयप्रति चित्त नबुझेको उनीहरुले भनेका छन् ।

अरुण तेस्रो बारे बिहीबार खोटाङको साकेला गाउँपालिकाको रतन्छामा आयोजित छलफल । साकेला गाउँपालिकाले प्रभावितहरुसँग गरेको छलफलको क्रममा चित्त बुझ्दो क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।

गाउँपालिकाले वडा १ को बाँझेच्यानडाडाँ र वडा २ को रतन्छाका प्रभावितहरुसँग बिहीबार छलफल गरेको थियो । रतन्छाका आयोजना प्रभावित प्रेमकुमार राईले आफूहरुलाई जानकारी नै नदिइ जग्गा अधिग्रहण गरिएको बताए ।

प्रभावित कूलबहादुर राईले बोटबिरुवाहरुको मुल्य निर्धारण गर्दा कतिपय महत्वपूर्ण र बर्सेनि आम्दानी दिने भएकाले त्यसको मूल्यांकनमा ध्यान दिनुपर्ने बताए । लिची, सुन्तला, रुद्राक्ष लगायतका महत्वपूर्ण बोटविरुवाहरुको क्षतिपूर्ति उल्लेख गर्नुपर्ने उनको भनाइ छ ।

रतन्छाकै आश्विनचन्द्र राईले अरुण तेश्रोबाट प्राप्त हुने मुआब्जाले अन्यत्र जग्गा नआउने र कतिपय नागरिक विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताए । मपारुङ कृषि फर्मका सञ्चालक कविकुमार राईले आफ्नो व्यवसायबाट वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्ने सोंच बनाएको तर अहिले अरुण तेश्रो आयोजनाबाट आफ्नो पूरै व्यवसाय प्रभावित हुने भए पछि अन्योलमा परेको बताएका छन् ।

आयोजनाबाट प्राप्त हुने क्षतिपूर्तिबाट प्रभावितको जीवनस्तर नउठ्ने भएकाले घर, घडेरी तथा तारमुनि पर्ने जग्गाहरुको उचित मूल्यांकन हुनुपर्ने बताए । यो समाचार आजको कान्तिपुरमा छ ।

 


Thali Mobile Pvt.Ltd.