भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आइसोलेसन बनाउँदै स्थानीय तह


  • बैशाख १९, २०७८
  • 951 Views
आइसोलेसन बनाउँदै स्थानीय तह image
  1. अछाम । अछामका १० वटै स्थानीय तहले आइसोलेसन वार्ड बनाउन थालेका छन्  । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले प्रत्येक पालिकाले १० बेडसहितको आइसोलेसन वार्ड अनिवार्य गराउने निर्णय गरेपछि उनीहरू जुटेका हुन्  ।                                   सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले ४० बेड क्षमता भएको आइसोलेसन वार्ड तयार पारेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीका अनुसार कृषि ज्ञान केन्द्रको भवनलाई आइसोलेसन वार्ड बनाएको हो ।             सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा बसाउने र जटिल संक्रमितलाई मंगलसेनमा रहेको आइसोलेसनमा ल्याइने उनले बताए । उनले भने, ‘प्रत्येक वडामा गएर एन्टिजेन विधिबाट कोरोना परीक्षण शनिबारबाटै सुरु गरेका छौं ।’
    साँफेबगर नगरपालिकाले पनि बयालपाटा अस्पतालमा आइसोलेसन वार्ड तयार पारेको छ । बयालपाटा अस्पतालमै अक्सिजन उत्पादन गर्ने प्लान्ट भएकाले सबै बेडलाई अक्सिजनसहित व्यवस्थापन गर्न थालिएको नगरप्रमुख कुलबहादुर कुँवरले बताए । उनका अनुसार नगरपालिकाले ५ वटा अक्सिजन उत्पादन गर्ने मेसिन खरिद गर्न थालेको छ । स्वास्थ्य सामग्री जताततै अभाव हुन थालेपछि सोचेअनुसार तीव्र रूपमा व्यवस्थापन गर्न नसकिएको उनले बताए । ‘अक्सिजन उत्पादन बयालपाटा अस्पतालले गर्छ । हामी मेसिन किन्दै छौं । तत्काल ५ वटा मेसिन खरिदको प्रक्रियामा छौं,’ उनले भने, ‘एउटा मेसिनको मूल्य १ लाख ४५ हजार रहेछ । हामीले अन्य स्वास्थ्य सामग्री खरिदका लागि पनि तयारी थालेका छौं ।’

कोरोना परीक्षण गरिएकोमध्ये धेरैलाई कोरोना पोजिटिभ देखिन थालेको उनको भनाइ छ । समुदायकै व्यक्तिलाई कोरोना देखिन थालेपछि अवस्था गम्भीर हुन सक्ने आकलन उनको छ । ‘जिल्लामा १५ सय थान एन्टिजेन केन्द्र सरकारले उपलब्ध गराएको थियो । सबै स्थानीय तहलाई अलिअलि भागमा पर्‍यो,’ कुँवरले भने, ‘भारतबाट आएकालाई होम क्वारेन्टाइनमा पठाउन र संक्रमितलाई घरमै बसाउन केन्द्रको निर्देशन छ । सरकारका यस्ता निर्णयले स्थानीय तहलाई समेत अप्ठ्यारो पारेको छ ।’ एन्टिजेन विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएका व्यक्तिलाई पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिन थालेपछि धेरैले पीसीआर नै परीक्षण गर्न खोजेको उनको भनाइ छ । कान्तिपुर दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.