भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्ड, परराष्ट्रमन्त्रीमा एनपी साउद


  • बैशाख ३, २०८०
  • 264 Views
आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्ड, परराष्ट्रमन्त्रीमा एनपी साउद image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएपछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। सत्तारुढ दलभित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। कांग्रेस र एकीकृत समाजवादीले थप मन्त्रि पाउनुपर्ने अडान राखेपछि नयाँ मन्त्रीको टुंगो गर्न सकस परेको छ।

आजको विस्तारले मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना कम रहेको छ। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपश्चात प्रधानमन्त्री प्रचण्डले एनपी साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिन लागेका छन्। कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि सिँचाईमन्त्री बनेका थिए। नयाँ मन्त्रीको सपथ दिउँसो हुने बालुवाटार स्रोतले जनाएको छ। बालुवाटार स्रोतले भन्यो ,‘आज प्रधानमन्त्री प्रचण्डले मन्त्रीमा नियुक्त गर्नुहुन्छ।

त्यसपश्चात दिउँसो शपथग्रहण गराउने जानकारी आएको छ। हालसम्म एनपी साउदलाई परराष्ट्रमन्त्री बनाउने जानकारी आएको छ। अन्य मन्त्रीको बारेमा टुंगो लाग्न सकेको छैन। उहाँहरुले नाम दिनुभयो भने शपथ हुन्छ।’ परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु गरेको छ। थप तयारी गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले भारत भ्रमणमा जानु अगाडि अन्य मन्त्रालय थाँति राखेर भएपनि परराष्ट्र मन्त्रीलाई शपथ गराउन लागेका हुन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए। नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो। स्रोतका अनुसार, जाने निश्चित मिति तय नभए पनि वैशाख तेस्रो साता दिल्ली जाने चाहिँ निश्चित भएको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने प्रचण्ड सचिवालयले जनाएको छ।

यस अगाडि प्रधानमन्त्री प्रचण्ड बोआओ फोरममा भाग लिन चीनको हेनान प्रान्तमा मार्च २८ देखि ३१ सम्म बोआओ फोरमको सम्मेलन जाने तयारी गरेपनि अन्तिममा रद्द गरेका थिए। नेपालस्थित चिनियाँ दूतावासले फागुन ८ गते ९फेब्रुअरी २०० प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको थियो। बोओओ फोरममा सहभागी हुने जवाफ दिएका प्रधानमन्त्री दाहालले एक्कासी चीन भ्रमण रद्द गरेका थिए। अन्नपूर्णपोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.