भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आफ्नै पालिका पुग्न भारतको बाटो


  • माघ २५, २०७९
  • 271 Views
आफ्नै पालिका पुग्न भारतको बाटो image

नेपालगञ्ज। बाँकेको सबैभन्दा पिछडिएको र दुर्गम मानिएको नरैनापुर गाउँपालिका पुग्न वडा नम्बर २ रोशनपुर्वाका बासिन्दालाई अहिले पनि भारतीय भूमि तथा बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। यस पालिकाको वडा नम्बर २ का बासिन्दालाई आफ्नै पालिकामा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

केही वर्षअघिसम्म नेपालगञ्जबाट सो गाउँपालिका पुग्न पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो तर सडक र पुल बनेपछि केही स्थानीयलाई राहत मिलेको छ। वडा नम्बर २ देखि पालिकासम्म पुग्ने सडक नहुँदा भारतीय सीमासँग जोडिएको रोशनपुर्वा गाउँका बासिन्दाले आफ्नै पालिका पुग्न वर्षौंदेखि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय मोहम्मद मुजम्मिलले बताउनुभयो।

उहाँले सरकारको बेवास्ता र लापरबाहीले गर्दा सो क्षेत्रका बासिन्दा लामो समयदेखि पीडित रहेको बताउनुभयो। रोशनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम नेपालगञ्जसम्म आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दा अझै पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँको भनाइ छ।

उहाँका अनुसार बाटो नहुँदा यस क्षेत्रका बालबालिकाले विद्यालय जान पाएका छैन्न। नियमित रूपमा लगाइने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट समेत वञ्चित छन्। छ किलोमिटर बाटो तय गर्न भारतीय बाटो प्रयोग गर्दा १५० रुपियाँ भाडा र अढाई घण्टा समय लाग्छ।

नरैनापुर गाउँपालिकाले करिब तीन करोड रुपियाँको लागतमा रोशनपुर्वादेखि पालिकासम्म पुग्ने सडक निर्माण सुरु गरेपछि स्थानीयवासीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह अब केही समयपछि सो क्षेत्रका बासिन्दाले आफ्नै देशको बाटो प्रयोग गरेर निर्धक्क भई पालिकालगायत अन्य ठाउँमा आवागमन गर्न पाउने बताउनुहुन्छ। यस गाउँपालिकासँग रोशनपुर्वालाई जोड्ने सडक निर्माण सुरु गरिएकाले रोशनपुर्वाका नागरिकलाई भारतको भूमि प्रयोग गर्नुपर्ने छैन।

गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश अधिकारीले छ किलोमिटर बाटो निर्माण सुरु गरिएको जानकारी दिँदै पाँच महिनाभित्रै सडक निर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभयो। गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.