भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इरानको मिसाइल आक्रमणमा परी इजरायलमा ३ जनाको मृत्यु


  • असार १०, २०८२
  • 155 Views
इरानको मिसाइल आक्रमणमा परी इजरायलमा ३ जनाको मृत्यु image

काठमाडौं । इरानको मिसाइल आक्रमणमा परी इजरायलमा ३ जनाको मृत्यु भएको छ। दक्षिण इजरायलको बियर शेभा सहरमा रहेकोआवासीय भवनमा मिसाइल आक्रमण हुँदा ३ जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाहरूले पुष्टि गरेका छन्।

आपतकालीन सेवा मगेन डेविड अदोमका अनुसार गम्भीर घाइते भएका ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र २० वर्षीय युवकको मृत्यु भएको हो। घटनामा थप ६ जना व्यक्तिहरू सामान्यदेखि मध्यम घाइते भएका छन्।

उनीहरूको अहिले उपचार भइरहेको छ। इजरायली डिफेन्स फोर्सेसले इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै नागरिकहरूलाई सेल्टरमा जान निर्देशन दिएको छ। यो आक्रमण पछिल्लो समय इरान–इजरायलबीच चुलिएको तनावको गम्भीर संकेत हो। अन्नपूर्णपोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.