भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उत्पादन र बजार प्रवर्द्धन गर्न चियाको राष्ट्रिय रणनीति


  • माघ १९, २०७९
  • 509 Views
उत्पादन र बजार प्रवर्द्धन गर्न चियाको राष्ट्रिय रणनीति image

काठमाडौँ। निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो ।

तुलनात्मक लाभ भएका वस्तुका रूपमा रहेको चियाको उत्पादन दीर्घकालीन रूपमा वृद्धि गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न रणनीति बनाउन लागिएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले चियाको उत्पादनसँग बजारीकरण गर्न रणनीति तयार गर्न लागिएको जानकारी दिनुभयो ।

विश्व बजारमा स्वदेशी चियाको माग उच्च भए पनि निर्यात गर्न सकिएको छैन, गुणस्तरयुक्त चिया उत्पादन गरेर विदेशी मुद्रा आर्जन गर्न रणनीति तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।“चियाको उत्पादन, प्रवद्र्धन बजारीकरण गर्ने छुट्टै रणनीति नभएकाले पहिलो पटक तयार गर्न लागेका छौँ । यसले स्वदेशी चियाको उत्पादन बढाएर आन्तरिकसँगै विश्व बजारमा प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास छ,” उहाँले भन्नुभयो ।

निर्यातको प्रयाप्त सम्भावना हुँदाहुँदै पनि रणनीति नहुँदा निर्यात बढाउन नसकिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दै गए पनि पर्याप्त उत्पादन नहुँदा मागअनुसार निर्यात गर्न नसकिएको बोर्डले जनाएको छ । चिया क्षेत्रमा कसरी लगानी बढाउने र बजारीकरण गर्ने विषयलाई रणनीतिमा जोड दिइनेछ ।

आगामी पाँच वर्षमा चियाको उत्पादन र निर्यात कति गर्ने भनेर रणनीतिमा समावेश गरिने भट्टराईले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको नेपाल एकीकृत व्यापार रणनीति ९एनटीआईएसमा०मा तुलनात्मक लाभ भएका वस्तुमा चियालाई समेत राखिएको छ ।

छ महिनामा साढे दुई अर्बको निर्यात

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म दुई अर्ब ५१ करोड ६० लाख ६६ हजार रुपियाँको ११ हजार ५४६ मेट्रिक टन चिया निर्यात भएको छ । आव २०७८र७९ तीन अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो ।

आव २०७७र७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६र७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो । अमेरिका, स्विजरल्यान्ड, अस्टे«लिया, क्यानडा, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, इटाली, जापान, कोरिया, न्युजिल्यान्ड, साउथ अफ्रिका, स्पेनलगायतका देशमा स्वदेशी चिया निर्यात हुने गर्छ ।

१७ हजार हेक्टरमा चिया खेती

बोर्डका अनुसार आव २०७७र७८ मा १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६र७७ मा १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस व्यवसायमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको मूल्य शृङ्खलामा संलग्न छन् । आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यवसायिक रूपमा चिया खेती बढ्दै गएको छ ।

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ । सुरुमा पूर्वी जिल्लामा हुने चिया खेती पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ । नेपालमा अर्थोडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ । गोरखा पत्र दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.