भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उपत्यकामा ४८ वटा पार्क बन्दै


  • पुष २९, २०७८
  • 436 Views
उपत्यकामा ४८ वटा पार्क बन्दै image

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताउनुभयो ।

५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ । योजना महाशाखा प्रमुख ढकालले काठमाडौँको लैनचौरमा शहीद पार्क, बूूढानीलकण्ठमा गिरिजाप्रसाद पार्क र आमनगर पार्क, शङ्खरापुर–८ मा शान्ति पार्क, कीर्तिपुर–२ मा बालबालिका पार्क र चम्पादेवी पार्क तथा कागेश्वरी मनहरा–७ को कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

त्यसैगरी ललितपुर महानगरपालिका–२१ को सिकाली मन्दिर परिसरमा पार्क निर्माण, ललितपुर–२२ मा बुङ्मती पार्क निर्माण र गच्चा पार्क निर्माण तथा ललितपुर–२५, भँैसेपाटीको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गरिनेछ । भक्तपुरको सूर्यविनायक–५ मा गणेशमान वाटिका निर्माण, सल्लाघारीमा एउटा, सूर्यविनायक–४ मा अनन्त लिङ्गेश्वर महादेव खोलापार्क र चाँगुनारायण–५ मा नागथली कृष्ण मन्दिर पार्क निर्माण गर्न लागिएको छ ।

प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले पार्क निर्माणका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौँमा ११ करोड ९६ लाख रुपियाँ, ललितपुरमा छ करोड तीन लाख रुपियाँ र भक्तपुरमा पाँच करोड ७० लाख रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । गोरखापत्र दैनिक …….

 


Thali Mobile Pvt.Ltd.