भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ऋण दिने नाममा ह्वाट्सएप र फेसबुकबाट ठगी


  • श्रावण ९, २०७९
  • 407 Views
ऋण दिने नाममा ह्वाट्सएप र फेसबुकबाट ठगी image

बुटवल । अन्य युवायुवतीलाई उनीहरूको मोबाइल जफत गरी हाजिर जमानीमा घर पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । रुपन्देहीमा एक भारतीय नागरिकले चलाएको कल सेन्टरले सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने, ऋण दिने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्दै आएको खुलेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा ब्लु स्काई बिजनेस सोलुसन प्रालि नाममा कल सेन्टर खोली ठगी गरिएको हो । प्रहरीले सो सेन्टरमा आइतबार छापा हानेको छ । प्रहरीले छापा हान्ने क्रममा दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि कल सेन्टरका सञ्चालक र त्यसमा काम गर्ने अन्य नौजनालाई हिरासतमा राखी अन्यलाई नियन्त्रणमा लिएको छ ।

कल सेन्टरबाट अवैध गतिविधि गरेको गुनासो आएपछि कार्यालयमा छापा हानिएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । प्रहरीले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई विभिन्न एप्स म्यासेज पठाई ‘ट्र्याप’मा पारेको प्रमाण फेला पारेको एसपी रेग्मीले जानकारी दिए ।पक्राउ परेका भारतीय नागरिक नै कल सेन्टरको लगानीकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने भारतीय नागरिक बिहार बोधगयाका २५ वर्षीय निरञ्जन कुमार हुन् । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्ना दुई मालिक रहेको र उनीहरू चिनियाँ नागरिक रहेको बताएका छन् । पक्राउ परेकाहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । प्रहरीका अनुसार जानकीनगरमा चार तलाको घरमा तीनवटा फल्याट भाडामा लिएर तीन सय कम्प्युटर राखी कल सेन्टर चलाइएको थियो ।

अनुसन्धानका क्रममा त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले आइतबारबाटै पक्राउ परेकाहरूको बयान लिन थालेको छ ।

यस्तो छ ठगी धन्दा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानबाट कल सेन्टर सञ्चालकहरूले अनलाइन ऋण दिने गरी विभिन्न गतिविधि गरेको पाइएको छ । बैंकमा खाता खोल्दा जस्तै केवाइसी भराउने र ऋण दिने, ऋण प्रवाह गर्दा करिब ४० प्रतिशत कर तथा ब्याजका नाममा काट्ने र ठगी गर्ने गरेको पाइएको छ ।

रुपन्देहीबाट सञ्चालन गरिएको यस किसिमको गतिविधिमा पीडित हुनेहरू धेरैजसो भारतीय नागरिक छन् । केवाइसीमार्फत व्यक्तिगत सूचना हासिल गरेपछि उसलाई रकम भुक्तानीका लागि अनेक किसिमका दबाब बढाउने गरेको पाइएको प्रहरीको भनाइ छ । मिटरब्याजीजस्तै गरी रकम असुल गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिए पनि थप अनुसन्धानबाट थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो गिरोहमा को–को सहभागी छन् भन्ने अझै स्पष्ट खुलेको छैन । पक्राउ परेका भारतीय नागरिकले प्रारम्भिक बयानमा दुईजना चाइनिज नागरिकको समेत संलग्नता रहेको बताएका छन् । तर, ती को हुन् र लगानीकर्ता को–को हुन्, अहिलेसम्म कति ठगिए भन्ने खुल्न बाँकी छ ।

६ महिनादेखि सञ्चालनमा थियो कल सेन्टर
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार सो कलसेन्टर ६ महिनादेखि सञ्चालनमा रहेको पाइएको छ । कतै दर्ता पनि नगरिएको र बोर्डसमेत नराखी सञ्चालन गरिएको कलसेन्टरमा एक सय ७० जनाले रोजगारी पाएका छन् ।

यहाँ एसइई जाँच दिएकादेखि १२ कक्षा उत्तीर्ण गरेका धेरै किशोर–किशोरीले काम गरेको पाइएको छ । यहाँ काम गर्नेलाई सुरुमा एक साताको तालिम दिएको पाइएको छ । हिन्दी, चाइनिज र अंग्रेजी भाषा सिकाउने पाइएको डिएसपी केसीले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट…..।

 


Thali Mobile Pvt.Ltd.