भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमाले–जसपा वार्ताः मिलेर अघि बढ्न प्रधानमन्त्रीको प्रस्ताव


  • फाल्गुन २८, २०७७
  • 720 Views
एमाले–जसपा वार्ताः मिलेर अघि बढ्न प्रधानमन्त्रीको प्रस्ताव image

काठमाण्डाैं । नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सत्तामा सहकार्यका लागि प्रस्ताव गरेका छन्। एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदर भएपछि सरकार अल्पमतमा पर्ने सम्भावना देखेका प्रधानमन्त्री ओलीले बिहीबार जसपाका नेताहरूलाई सरकारी निवास बालुवाटारमा भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन्।

‘प्रधानमन्त्रीले मिलेर जाऔं, तपाईंहरूका समस्या केके छन्, तिनीहरूलाई सम्बोधन कसरी गर्न सकिन्छ, प्रक्रियागत ढंगबाट छलफल गरौं भनी प्रस्ताव राख्नुभएको छ,’ भेटमा सहभागी नेता अशोक राईले भने, ‘उहाँको आशय सत्तासाझेदारी गरौं भन्ने हुन सक्छ।’ आफूहरूले उठाएका माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको जसपाका नेताहरूले बताएका छन्। ‘नयाँ परिप्रेक्ष्यमा तपाईंहरूको धारणा के छ भनी प्रधानमन्त्रीले जिज्ञासा राख्नुभयो। हामीले प्रस्ट पा¥यौं’, राईले भने। उनका अनुसार जसपाका नेताले आफ्ना माग सम्बोधन भएमा मिलेर जान सकिने धारणा राखेका थिए। ‘हाम्रा माग पूरा भए मिलेर जान सक्छौं भन्यौं तर उधारोमा सहमति हुँदैन भन्ने हाम्रो अडान रह्यो’, राईले भने।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि जसपाका शीर्ष नेताले आन्तरिक छलफल गरेका थिए। छलफलपछि बाबुराम भट्टराई, महन्थ ठाकुर,उपेन्द्र यादव, राई र राजेन्द्र महतो बालुवाटार पुगेका थिए। यसअघि प्रधानमन्त्रीसँग जसपाका अध्यक्ष ठाकुरले दुईतीनपटक भेट गरिसकेका छन्। जसपाले उठाएका माग पूरा गर्न प्रधानमन्त्री र जसपाको संयुक्त कार्यदलसमेत बनेको छ। कार्यदलको दुईतीनपटक बैठकसमेत भएको छ। कार्यदलमा भएको छलफल र प्रगतिबारे पनि बालुवाटार बैठकमा कुराकानी भएको जसपा नेताहरूले बताएका छन। स्रोतका अनुसार सत्तासाझेदारी र जसपाले उठाउँदै आएका मागलाई सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो।

जसपाले रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजी, घाइतेहरूको उपचार र लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको छ। यसैगरी संविधान संशोधनलाई जसपाले प्रमुख अजेन्डा बनाएको छ। दुई पक्षले बनाएको संयुक्त कार्यादलमा संविधान संशोधनको अजेन्डामा समेत गम्भीर छलफल भएको स्रोतले बतायो।

जसपालाई अहिले दुईतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएको छ। माओवादी केन्द्रले पनि जसपासँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ।

जसपासँग हाल ३४ जना सांसद छन। तीमध्ये दुईजना निलम्बनमा छन्। जसपाले एमालेलाई साथ दिएमा ओलीलाई सहज हुनेछ। त्यसैले ओलीले जसपालाई फकाउन प्रयास गरिरहेका छन्। जसपाका नेताहरू भने कसलाई साथ दिने भन्ने विषयमा दुई कित्तामा विभाजित भएका छन्। महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग निकट छन् भने बाबुराम र उपेन्द्र माओवादी केन्द्रसँग निकट भएका छन। बुधबारमात्र जसपाका शीर्ष नेताहरूले माओवादी केन्द्रका नेताहरूसँग छलफल गरेका थिए। दुवै पक्षसँग छलफल जारी राख्ने जसपाका नेताहरूले जनाएका छन्।

सत्ता साझेदारीका लागि अहिले जसपा निर्णायक देखिएको छ। जसपासँग माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूले पनि यसअघि छलफल गरेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.