भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमालेमा नेपाल खनाल समूहको रणनीतिस् शक्ति सञ्चयसहित प्रतिरोध


  • चैत्र ३१, २०७७
  • 554 Views
एमालेमा नेपाल खनाल समूहको रणनीतिस् शक्ति सञ्चयसहित प्रतिरोध image

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो। नेपाल–खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ। सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ। नेपाल–खनाल पक्षले ओली पक्ष नवौं महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ।

‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्‍यौँ। महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरूको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल नै भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने। उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको छ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको विरोधमा रहेका ओलीले पार्टीमा विरोधाभास जन्माएको दाबी नेपाल समूहले गर्दै आएको छ। नेपाल पक्षले संगठन निर्माणका क्रममा कार्यकर्तालाई वितरण गरेको दस्तावेजअनुसार नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण सैद्धान्तिक योगदान गरेको महाधिवेशनमा विचारहरूका साथ अध्यक्षका उम्मेदवार भएका माधवकुमार नेपाल पराजित भए तर सैद्धान्तिक र कार्यक्रमिक तथा सांगठनिक प्रस्तावको विपक्षमा रहेका केपी ओली अध्यक्ष निर्वाचित हुनाले पनि पार्टीभित्र समस्या आएको हो। सो दस्तावेजमा ओलीले महाधिवेशनपछि पार्टी पंक्तिलाई विचारहीन बनाएको आरोप लगाइएको छ।

‘वस्तुतः नेता र नीतिको अन्तरविरोध संस्थागत गरेर नवौँ महाधिवेशन सम्पन्न भयो। महाधिवेशनलगत्तै त्यसले पारित गरेका वैचारिक तथा सैद्धान्तिक प्रस्तावहरूका बारेमा आम पार्टी सदस्यलाई जानकारी गराउने र तिनका आधारमा पार्टीलाई पुनर्अभिमुखीकरण गर्नु आवश्यक थियो। महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ कार्यदिशा विकास गरेको थियो। त्यसलाई पार्टीमा स्थापित गर्न विशेष योजना बनाउनुपथ्र्यो। तर अध्यक्ष केपी ओलीले नवौँ महाधिवेशनका ती निर्णयहरू पार्टी पंक्तिमा स्थापित गर्न कुनै चासो देखाउनुभएन। वस्तुतः नवौँ महाधिवेशनपछि पार्टीलाई विचारहीन बनाउन पार्टी अध्यक्ष स्वयं योजनाबद्ध रूपले अगाडि बढ्नुभयो’, कार्यकर्तामाझ पठाइएको राजनीतिक प्रतिवेदनमा भनिएको छ।

पार्टीभित्र निषेध गरेपछि नेपाल पक्षले अहिलेसम्म ६४ जिल्लामा समानान्तर कमिटी बनाएको छ। जनवर्गीय संगठनहरूको पनि समानान्तर कमिटी बनाउन थालेको छ। महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा तहसम्म नै संगठन निर्माण र समानान्तर कमिटी निर्माणमा लागेको नेपाल पक्षले स्कुल विभागलाई निष्कृय बनाएर ओली पक्षले पार्टीलाई विचारविहीन बनाएको आरोप लगाएको छ।

‘मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापीरूपमा पार्टीकै समानान्तर हुने गरी गुटबन्दी विस्तार ओलीले नै गरेका हुन्। त्यसका लागि दृश्य–अदृश्य स्रोतहरूको परिचालनसमेत गरिरहे, आफू र आफ्नो गुटलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादको उत्तराधिकारीका रूपमा प्रचार गराइरहे। वस्तुतः उनले जनताको बहुदलीय जनवादी कार्यक्रमको क्रान्तिकारी पक्षलाई कहीँ कतै उल्लेखसमेत गरेनन्। उनले जनताको बहुदलीय जनवादलाई केवल संसदीय निर्वाचनमा जित्नु हो भनेर स्थापित गर्नु थियो, त्यसै गरे’, नेता खतिवडाले भने।

ओली पक्षले नेपाल पक्षलाई कारबाही गर्दै वाग्मती प्रदेशका सबै जिल्ला कमिटी भंग गरेर आयोजक कमिटी बनाइसकेको छ। केन्द्रीय कमिटीलाई समेत भंग गरेर आयोजक कमिटी बनाएको ओली पक्षले नेपाल पक्षलाई पार्टीबाहिर नै राख्ने नीति अख्तियार गरिरहेको छ। यस्तो बेलामा नेपाल पक्ष देश दौडाहामा लागेको छ। ‘सबै कार्यकर्तामाझ पुग्ने हाम्रो योजना छ। दुई महिनाभित्र सबै कमिटी समानान्तर बनिसक्छन्’, नेपाल पक्षका केन्द्रीय सदस्य ठाकुर गैरेले भने।

उनका अनुसार सबै जनवर्गीय संगठनहरू परिचालन गरिएको छ भने पुनर्गठन गर्न थालिएको छ। ‘ओली पक्षले फागुन २८ को निर्णय सच्याएमात्रै समानान्तर कमिटी गठन रोकिनेछ। ‘पार्टीभित्र एकपक्षीय ढंगले गरिएको सबै निर्णय फिर्ता भएर पार्टी २०७५ जेठ २ को अवस्थामा फर्केपछि मात्रै समानान्तर कमिटी गठन रोकिनेछन्’, केन्द्रीय सदस्य गैरेले भने। ओलीले भने पार्टीभित्र समानान्तर कमिटी बनाउँदै गए थप कारवाही गरिने बताउँदै आएका छन्। सोमबार मात्रै ओलीले जिल्लाजिल्लामा समानान्तर कमिटी बनाउनेलाई ठीक पार्ने तरिका आफूलाई पनि थाहा भएको भन्दै समानान्तर कमिटी नबनाउन चेतावनी दिएका छन्।

तर माधव नेपाल तथा झलनाथ खनाल पक्षले ओली प्रवृत्तिको देशव्यापी प्रतिरोध गर्ने र समानान्तर कमिटी बनाएर शक्ति सञ्चय गर्ने बताउँदै आएका छन्। ओली मंसिरमा महाधिवेशन गरेर नेपाल पक्षलाई एमालेबाट बिदा गर्न चाहन्छन्।नागरिक दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.