भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमालेमा फर्किन्छु, सदस्यता नवीकरण गर्छु : वामदेव गौतम


  • जेष्ठ २५, २०८०
  • 245 Views
एमालेमा फर्किन्छु, सदस्यता नवीकरण गर्छु : वामदेव गौतम image

काठमाडौं । ७० वर्षे उमेरहद हटाइएको निर्णय सार्वजनिक भएलगत्तै पार्टी एकता अभियानको संयोजन गरिरहेका नेता वामदेव गौतमले एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने घोषणा गरेका छन् । बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमालेमै फर्किए पनि आफूलाई अध्यक्ष वा महासचिव बन्ने रहर नरहेकोसमेत प्रस्ट्याएका छन् ।

‘उमेरहद हटाइएको अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमै फर्किन्छु,’ गौतमले भने, ‘मेरो पनि सदस्यता नवीकरण गर्न म उनलाई ९श्रीमती तुलसा थापा० पठाउँछु, सदस्यता नवीकरण गर्छु ।’ यद्यपि, उनले आफ्नै लागि उमेरहद हटाइएको केपी ओलीले जानकारी गराउनुपर्ने बताए । एमाले र एकीकृत समाजवादीसँग एकताका लागि समानान्तर संवादमा रहेका गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।

गौतम एमालेमा फर्किने अन्तिम निष्कर्षमा पुगेकै वेला अघिल्लो साता उनीनिकट एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले एकताको अगुवाइ गर्न अनुरोध गर्दै अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । गौतम एमाले प्रवेश गर्दा एकीकृत समाजवादीमा रहेका श्रेष्ठसहित बलराम बाँस्कोटा, सावित्रा भुसालसहितको ठूलो समूह, एकता अभियानमा गौतमको नेतृत्वमा रहेको हरि पराजुलीसहितको समूह पनि एमालेमै फर्किने तयारीमा छ ।

गौतमसँग समेत संवादमा रहेका एकीकृत समाजवादीका उपाध्यक्ष श्रेष्ठले आफूले माधव नेपालसहित सबै पुराना एमाले नेताहरूलाई मिलाएर पार्टी एकता गर्न र सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानको नेतृत्व लिन ओलीलाई प्रस्ताव गरेको प्रस्ट्याए । नयाँ पत्रिका देनिकबाट ……

 


Thali Mobile Pvt.Ltd.