भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवकमाथि गोली प्रहार


  • पुष २१, २०७७
  • 625 Views
कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवकमाथि गोली प्रहार image

दोधारा–चाँदनी । सीमावर्ती बजारबाट घरायसी सामान ल्याएर फर्किरहेका दोधारा–चाँदनी नगरपालिका– १ चाँदनीका १६ वर्षीय नरेश लुहारमाथि भारतीय सुरक्षाकर्मीले सोमबार साँझ गोली प्रहार गरेका छन् । खुुट्टामा गोली लागेर घाइते भएका उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नरेशको दायाँ खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा आफूलाई गोली हानिएको उनले बताए । सीमापारि जंगलको बाटोमा काटेर फालिएको रूखका विषयमा सोधपुछ गर्ने भन्दै भारतीय सुरक्षाकर्मीको टोलीले उनलाई रोकेको थियो ।

‘घरका लागि चामल, दाल, चिनी, टमाटर किनेर फर्कंदै थियौँ । सँगै गएको साथी मभन्दा अगाडि थियो । जंगलमा रूख काटेर बाटोमा फालिएको रहेछ, भारतीय सुरक्षाकर्मीले मलाई रोकेर त्यही विषयमा केरकार गर्न थाले । त्यसक्रममा उनीहरूले डण्डाले हानेर मलाई लडाए । म उठेर भागेँ,’ अस्पतालमा उपचाररत नरेशले नयाँ पत्रिकासँग भने, ‘केही पर पुगेपछि पटका पड्केको जस्तो आवाज आयो, मेरो खुट्टामा गोली लागेको रहेछ ।’ अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी गाउँमै ट्र्याक्टर चलाउँछन् ।

गोली हान्ने खैरो बर्दी लगाएका सुरक्षाकर्मी रहेको र उनीहरू १०–१२ जनाको समूहमा रहेको नरेशले बताए । कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले नरेशमाथि गोली हान्ने भारतीय सीमा सुरक्षा बल ९एसएसबी० वा भारतीय वन रक्षकमध्ये को हुन् भन्ने भन्ने अझै खुल्न नसकेको बताए ।

गोली लागेपछि पनि आफू केहीबेर भागेर नेपालपट्टिको पूर्णागिरि प्राथमिक स्कुलसम्म पुगेको नरेशले बताए । ‘स्कुलमा पुगेको वेला छिमेकी अंकलको फोन आयो, उहाँलाई घटनाबारे बताएर लिन बोलाएँ । उहाँले अस्पताल ल्याउनुभयो,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.