भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता


  • मंसिर ११, २०७७
  • 662 Views
करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता image

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो । आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०÷७१ यता स्थायी लेखा ९प्यान० नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए । विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ । आय विवरणअनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुनसम्म बुझाएमा सोभन्दा अघिल्ला वर्षको आय विवरण पेस गर्नु नपर्ने गरी छुट दिएको छ

विभागले आगामी फागुनसम्म तिर्नुपर्ने कर बुझाएमा निकै छुटको अवसर पाइने व्यवस्था गरिएको जनाएको छ । आर्थिक ऐनले आय विवरण पेस नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिले आव २०७३(७४ देखि २०७५(७६ सम्मको आय विवरण, सो आय विवरणअनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुनसम्म बुझाएमा सोभन्दा अघिल्ला वर्षको आय विवरण पेस गर्नु नपर्ने गरी छुट दिएको छ । राजधानी दैनिकबाट……..

 


Thali Mobile Pvt.Ltd.