भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काठमाडौंको ५ ठाउँमा ‘वाटर एटीएम’ एक रुपैयाँमै पानी पिउन पाइने


  • फाल्गुन १, २०७७
  • 640 Views
काठमाडौंको ५ ठाउँमा ‘वाटर एटीएम’ एक रुपैयाँमै पानी पिउन पाइने image

काठमाण्डाैं । काठमाडौंमा सबैभन्दा ठूलो समस्यामध्ये एक हो खानेपानी । बाहिर निस्कदा पानी किनेर खानुपर्छ। पैसा हुनेले तिरेर खाएपनि नहुनेलाई भने तिर्खाएरै बस्नुपर्ने बाध्यता छ ।
अब भने त्यो समस्या समाधान हुने भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना भएको छ ।
महानगरको रत्नपार्क, स्वयम्भू र बालाजुमा वाटर एटीएम सञ्चालनमा आएको हो । त्यस्तै बानेश्वर र शंखपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ । महानगरले वाटर एटिएमको लागि गत वर्ष चैत १० गते काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सम्झौता गरेको थियो। लकडाउनको कारणले सम्झौता कार्यान्वयन हुन सकेको थिएन ।

कसरी प्रयोग गर्ने वाटर एटीएम ?
सिक्का साट्ने मेसिनमा ५ रुपैयाँको नोट राखेपछि मेसिनले एक रुपैयाँको ५ वटा सिक्का दिन्छ ।
आफूसँग बोत्तल छैन भने गिलासको मेसिनका एक रुपैयाँ खसालेपछि गिलास निस्कन्छ। त्यो गिलासलाई पानिको मेसिनमा लगेर एउटा सिक्का खसालेको ८ सेकेन्ड पछि २ सय मिलिलिटर पानी आउँछ । त्यस्तै एक लिटर पानि चाहिएमा ५ वटा सिक्का लगातार खसालेपछि पानि थाप्न सकिन्छ ।
यो सेवासगैँ एक वोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यता हट्ने महानगरको विश्वास छ ।

समाचार  कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.