भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कान्ति अस्पताल आएका बिरामीलाई उपचार नगरी नफर्काउन स्वास्थ्यमन्त्रीको निर्देशन


  • चैत्र १५, २०८०
  • 209 Views
कान्ति अस्पताल आएका बिरामीलाई उपचार नगरी नफर्काउन स्वास्थ्यमन्त्रीको निर्देशन image

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा.रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो ।

अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा मन्त्री यादवलाई अस्पालतका निर्देशक डा. पंकज रायले विभिन्न विभागबारेमा ब्रिफिङ गरेका थिए ।

उनले केही दिन अघि आईसीयू बेडको अभाव देखाउँदै उपचारका लागि आएको बिरामी फर्काइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षकण भएको बताएका थिए । उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आईसीयू बेड खाली नभएर वा मेसिन बिग्रेको जस्ता कुनैपनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नुपर्‍यो, उनले अनुगमनको क्रममा भने,  आईसीयू बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रवृत्ति अन्त्य गर्नुहोस् ।

अस्पताल अनुगमनको क्रममा बिग्रिएको अवस्थामा रहेका सीटी स्क्यान, एमआरआई, एक्सरे लगायतका मेसिनहरूको पनि तत्काल मर्मत गरेर सेवा सुचारु गर्न पनि मन्त्री यादवले निर्देशन दिए । यस्तै उनले अस्पताल भित्र सञ्चालित फार्मेसीमा नै सबै औषधी उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशक डा। रायलाई निर्देशन दिएका थिए ।

यस्तै मन्त्री यादवले आफूले कार्यकाल सुरु गरेको दिन गरेको पहिलो निर्णय अनुसार अस्पतालको सेवालाई व्यवस्थित गर्न डिजिटल प्रविधि अवलम्बन गर्न पनि सुझाव दिए । बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौं लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइन मै रिपोर्ट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाउनुस्, उनले भने । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.