भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काभ्रेली आलुको कपिलवस्तु यात्रा


  • चैत्र २६, २०७९
  • 235 Views
काभ्रेली आलुको कपिलवस्तु यात्रा image

काठमाडौँ । काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्। जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार ९कोल्ड स्टोर० अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको कोल्ड स्टोरमा आलु भण्डारण गर्न थालेका हुन्। किसान आफूले उब्जनी गरेको आलु भण्डारण गर्न ३३२ किलोमिटर टाढाको कोल्ड स्टोरको शरणमा जानुपर्ने बाध्यतामा छन्।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका कृषकले पाँचखालमा रहेका शीतभण्डारणमा राखेको आलुमा टुसा पलाउने, अत्यधिक गुलियो हुने र चाउरी पर्ने समस्या देखिएपछि कपिलवस्तुमा रहेको शीतभण्डारणमा लैजाने गरेका हुन्।

स्थानीय रामशरण दङ्गालका अनुसार कपिलवस्तुमा रहेको भण्डारणमा भने उत्पादनकै अवस्थाको स्वाद कायम हुने र अत्याधुनिक हुने भएपछि त्यति टाढासम्म आलु भण्डारणका लागि लैजाने बाध्यता देखिएको छ। उहाँले काभ्रेपलाञ्चोक जिल्लामा रहेका शीतभण्डारणमा राख्ने खर्च र कपिलवस्तुमा लिएर जाँदा लाग्ने खर्चमा खासै फरक नपरेपछि यो वर्ष ४५ हजार किलो आलु भण्डारण गरिएको जानकारी दिनुभयो।

कपिलवस्तुमा प्रतिकिलो तीन रुपियाँ ५० पैसा ढुवानीमा आलु लैजाने गरिएको छ। काभ्रेकै कोल्ड स्टोरमा राख्दा प्रतिबोरा ३५० रुपियाँ शुल्क लाग्ने गरेको र कपिलवस्तुमा सोही बराबरै खर्च लाग्ने र गुणस्तर कायम हुने भएकाले परीक्षणका रूपमा यो वर्ष ४५ हजार किलो आलु भण्डारण गरिएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा आलु उत्पादन, बजारीकरण तथा भण्डारणमा सहयोग पु(याउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन आलुमार्फत सहयोगका कार्यक्रम सञ्चालन गर्ने विषय उल्लेख भए पनि परियोजना सुरु भएको वर्षौंसम्म अत्याधुनिक शीतभण्डारका लागि पहलकदमी नभएपछि यस वर्षबाट किसानले ३३२ किलोमिटर टाढा लगेर आलु भण्डारण गर्न बाध्य भएको दङ्गालले बताउनुभयो।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत सरकार किसान साझोदारीमा शीतभण्डारका लागि सहयोग गर्ने नीति लिएको थियो। त्यसका लागि प्रस्तावना आह्वान भए पनि काभ्रेमा शीतभण्डार कार्यमा सहयोग आउन सकेन। तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९सुपर जोन०का प्रमुख किशोर पन्तले शीतभण्डारका लागि त्यतिबेला १७ करोड रुपियाँसम्म सहयोग भएको बताउनुभयो। तर सो कार्य कुनै पनि जिल्लामा सफल भने हुन सकेन।

सरकारले सुपर जोनमार्फत शीतभण्डार गर्न सहयोग गर्ने उल्लेख छ। सोहीअनुसार किसानले उत्पादन गरेको मूल बिउको आलुको भण्डारणमा सहयोग हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९सुपर जोन० आलु समन्वय इकाइ काभ्रेका समन्वय प्रमुख सुमन नेपालले बताउनुभयो। ढुवानी र भण्डारणमा सहयोग गरेर आलुको गुणस्तरीय बिउ उत्पादनमा प्रयास भइरहेको उहाँले स्पष्ट पार्नुभयो। गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.