भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कालिकोटको रास्कोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु


  • जेष्ठ २५, २०८०
  • 245 Views
कालिकोटको रास्कोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु image

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका २ सेरा बजारमा जीप दुर्घना हुँदा २ जनाको मृत्यु भएको छ। बिहिबार बिहान ७ बजे जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको हो।

दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छन्। घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ।
सेराबजारको वषपार्कमा चालकले जुता लगाउँदै थिए। उक्त गाडी स्टाट गरी न्युटल राखेको थियो। सोही अवस्थामा जीप खोलामा गएर दुर्घटना भएको स्थानीय दिपक सिम्खाडाले बताए ।

गाडी स्टाट रैछ, गाडीमा ओड नराखी चालकले जुता लगाउँदै थिए। यात्रु गाडीमा बसिरहेका थिए। गाडी पछाडी गुडेको थियो । तिनजना गाडीमा थिए । दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना गम्भिर घाइते छन्, प्रत्यक्षदर्शी सिम्खाडाले भने। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.