भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कालिञ्चोकमा हिमपात


  • फाल्गुन १७, २०८१
  • 368 Views
कालिञ्चोकमा हिमपात image

दोलखा । कालिञ्चोक र शैलुङ क्षेत्रमा शुक्रबार बेलुकाबाट हिमपात शुरु भएको छ । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात शुरु भएपछि दर्शन गर्न गएका भक्तजनहरू रमाइरहेका छन् ।

कालिञ्चोक दर्शन र प्राकृतिक क्षेत्र भ्रमणका लागि कालिञ्चोक पुगेका पर्यटकहरु हिउँमा रमाइ रहेका होटल सुनापाति कुरीका सञ्चालक हरी वलीले बताए । पुस र माघ महिनामा हिमपात नभएको ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा फागुन १६ गते बेलुका पहिलो पटक हिमपात भएको थियो भने शनिबार बिहानैदेखि हिमपात भइरहेको छ ।

हिउँका कारण शुक्रबार बेलुका कालिञ्चोक पुगेका दर्शनार्थीहरुको गाडी फर्कन सकेको छैनु वलीले भने। शैलुङ क्षेत्रमा पनि शुक्रबारदेखि हिउँ परी रहेको स्थानीयले बताएका छन् । जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ,चेर्दुङ,खरीढुङ्गा लगायतका स्थानहरूमा हिमपात हुँदा पर्यटकहरूको वृद्धि हुने गर्दछ । हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायी चिन्तित बनेका थिए ।अन्नपूर्ण पोस्टबाट...

 


Thali Mobile Pvt.Ltd.