भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

किन शरणार्थी बनाइए ८७५ नेपाली ? गिरोहका तीन जना पक्राउ


  • चैत्र १३, २०७९
  • 283 Views
किन शरणार्थी बनाइए ८७५ नेपाली ? गिरोहका तीन जना पक्राउ image

काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको छ । प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको हो ।

गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ जेठमा गठित कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्यसचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदलले गृहमा बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेपछि त्यसमा ८७५ नेपालीको नामसहितको दुइटा अनुसूची थपेको हो ।

स्रोतका अनुसार सरकारी संयन्त्रसँग निकट रहेको गिरोहले नाम प्रतिवेदनमा समावेश गरेर जनही १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएका थिए । रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित तीन जना आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलाल, सानु भण्डारी र टेक गुरुङलाई नियन्त्रणमा लिएको हो ।

‘पथरी घर भएका केशव दुलालले यहाँका ५० भन्दा बढी सिधासाधालाई अमेरिका पठाउने भन्दै शरणार्थी परिचयपत्र र ट्राभल डकुमेन्ट तयार गर्न भनेर १० लाख रुपैयाँदेखि माथि उठाएका छन्,’ उर्लाबारीका एक पीडितले भने, ‘पैसा उठाउन पथरीकै पूर्ववडाध्यक्ष सागर राईले समन्वय गरिदिएका थिए ।’ पथरीका राई भने ‘हल्ला निकै चलेको छ, बोल्ने ठाउँमा पुगेर आवश्यक परे बोलौंला’ भन्दै पन्छिन चाहे ।

गिरोहले प्रतिवेदन हात पारेर त्यसमा ९(क) र ९(ख) अनुसूची थपेको छ । अनुसूची ९(क) ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पबाहिर ठेगाना देखाएका निवेदकहरूको विवरण’ उल्लेख गरिएको छ जहाँ ४५१ परिवारका ५३५ जनाको नाम समेटिएको छ ।

९(ख) मा ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पभित्र ठेगाना देखाएका निवेदकहरूको विवरण’ मा भने १३० परिवारका ३४० जनाको नाम उल्लेख छ ।

गृह मन्त्रालयले गत वर्ष डिसेम्बरमा जारी गरेको लतिका भण्डारीको शरणार्थी परिचयपत्रमा ठेगाना ‘बेल्डाँगी–सी ३र३३९’ लेखिएको छ । सलिना प्रधानको ठेगाना ‘बेल्डाँगी ८–३र३७’ छ । यी दुवै परिचयपत्रको प्रतिलिपि बोकेर संवाददाता दमकको बेल्डाँगी शिविरमा पुगेको थियो ।

‘बी–३’ सेक्टरकी प्रतिनिधि कविता राईले यी नामका कोही पनि शरणार्थी आफ्नो र आसपासको सेक्टरमा नरहेको बताइन् । परिचयपत्रमा रहेको नम्बरको हट (झुप्रो) शिविरभित्र कतै नरहेको पनि उनले जानकारी दिइन् ।

प्रतिवेदनको ‘छुट दर्ता’ सूचीमा ‘रमेश कटवाल ९पथरी–११ एक्स्टेन्सनरएफ२र१०७र १८११ एक्स०’ र ‘सुनील अधिकारी ९पथरी–११ एक्स्टेन्सनरए१र१७०८एक्स०’ उल्लेख छन् । तर, यी नाम–ठेगाना पनि पथरी शरणार्थी शिविरमा कतै पाइएन । कटवाल र अधिकारी दुवै दाङवासी रहेको अनुसन्धानमा देखिएको छ ।

गिरोहले कहिले छुट दर्तामा नाम हाल्ने, कहिले फोटो खिच्ने र कहिले मेडिकल गर्ने भन्दै किस्ता–किस्तामा जनही १० लाख रुपैयाँ लिएको पीडितहरू पथरीका ईश्वर भट्टराई, संगीता खड्का, विकास खड्का, समीर पराजुली, सोनिया लिम्बू, सारा तामाङ, कमल सुवेदी, महेश कार्कीलगायतले जानकारी दिए ।

‘सन्देश शर्मा नामका व्यक्तिले मेरो दाङ क्षेत्रका चिनारु र गाउँलेको रकम उठाएको मैले पाएँ,’ दाङबाट आएका पीडितका आफन्त गजेन्द्र बुढाथोकीले बताए । ‘मेरै क्षेत्रका ६१ जना पीडितको उजुरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको छ ।’ उनले भने ।

दाङमा २०७८ जेठमा धन्दा सुरु गरेको गिरोहले कहिले फोटो खिच्ने भनेर चितवन सफारी होटलमा बोलाएको थियो, कहिले विराटनगरको विराट मेडिकलमा स्वास्थ्य परीक्षण गर्न पुर्‍याएको थियो । यो गिरोहको धन्दाबारे जानकारी दिन बुढाथोकीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, गृह सचिव टेकनारायण पाण्डेलाई पनि भेटेका थिए ।

‘सानु भण्डारीसँग मेरो चिनजानी छ, म कुरो गरिदिउँला’ भन्दै गृह सचिव पाण्डेले आफूलाई सान्त्वना दिएको बुढाथोकीले सुनाए । त्यसअघिका गृहमन्त्री रामबहादुर थापा, उनका सल्लाहकार इन्द्रजित राईसहितका पदाधिकारी पनि यो गिरोहबारे जानकार रहेको पीडितहरूको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.