DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने


  • जेष्ठ १७, २०७९
  • 335 Views
कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने image

काठमाडाैं । सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताउनु भएको हो ।

उनले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय संयन्त्र उपयोगी हुने विश्वाससमेत व्यक्त गरे । त्यसैगरी बजेटमा कृषकहरुलाई सहज र सरल रुपमा विउ, मल, प्रविधि, सिँचाइ सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि विमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित बस्तुको मूल्य निर्धारण गर्ने पनि उल्लेख गरिएको छ । मन्त्री शर्माले भने, ‘कृषि उत्पादन कार्यक्रम संचालन गरिनेछ ।

नेपालको ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रुपमा विकास गरिनेछ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यवसायिकीकरण र यान्त्रिकीकरणका लागि आधुनिकीकरण गरिनेछ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कार्यान्वयनका लागि मार्गदर्शन गर्न सम्मानीय प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरुसहितको उच्चस्तरीय संयन्त्र निर्माण गरिनेछ ।

कृषकहरुलाई सहज र सरल रुपमा विउ, मल, प्रविधि, सिँचाई सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि विमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित बस्तुको मूल्य निर्धारण गर्ने । ’

 


Thali Mobile Pvt.Ltd.