भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कृष्णसार जोगाउनै मुस्किल


  • पुष २७, २०७७
  • 532 Views
कृष्णसार जोगाउनै मुस्किल image

खैरापुर : चितुवाले मंगलबार साँझ ५ बजेतिर ७–८ वर्षको पोथी कृष्णसारलाई आक्रमण गर्‍यो। बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा चितुवाको आक्रमणबाट घाइते भएको ४०–५४ किलो तौलको त्यो कृष्णसारको उपचार क्रममा भोलिपल्ट बिहान ज्यान गयो।  संरक्षण क्षेत्रमा कार्यरत रेञ्जर मनराज लामा मोक्तानका अनुसार चालु वर्षको पुस तेस्रो सातासम्म २६ वटा कृष्णसारको मृत्यु भइसकेको छ। यो वर्ष मृत्यु भएका कृष्णसारमध्ये २० वटा चितुवा आक्रमणबाट हो। अर्थात् ७७ प्रतिशत कृष्णसारको मृत्यु चितुवा आक्रमणबाट भएको छ।

चितुवाले ०७४/७५ मा सबैभन्दा बढी ४३ वटा कृष्णसार मारेको तथ्यांक छ। त्यो वर्ष ८८ वटा कृष्णसार मरेका थिए। चितुवाको आक्रमणबाट त्यो वर्ष माघमा १६, पुसमा ६ र साउनमा ५ वटा मारिएका थिए। संरक्षण क्षेत्रमा चितुवा पल्केर हरेक वर्ष कृष्णसारलाई आहारा बनाइरहेको छ। संरक्षण क्षेत्रसँगै जोडिएको उत्तरमा बबई नदीपारिको बागेश्वरी सामुदायिक वनबाट चितुवा आउने गरेको स्थानीयले बताएका छन्। स्थानीयले जंगलमा बच्चासहितको तीन–चार वटा चितुवा देखेको जानकारी संरक्षण कार्यालयलाई दिएका छन्। ०७५/७६ मा एउटा चितुवालाई सो क्षेत्रबाट नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो।

संरक्षण केन्द्रका प्रमुख अर्जुन भुसालले रैथाने चितुवा नभएकाले नियन्त्रण गर्न समस्या परेको बताए। ‘एउटै चितुवाले नियमित आक्रमण गरिरहेको हो भन्ने हामीसँग कुनै आधार प्रमाण छैन। बर्दिया निकुञ्जबाट यो क्षेत्रमा चितुवाको ओहोरदोहोर भइरहेको देखिन्छ’, भुसालले भने, ‘चितुवाको आहारा नै मृग प्रजाति हो। त्यसैले कृष्णसार संरक्षण क्षेत्रमा आएको हुनुपर्छ। हाम्रा लागि चितुवाबाट कृष्णसार जोगाउनु चुनौतीपूर्ण बनेको छ।’ कृष्णसार मात्र होइन, यो क्षेत्रमा चितुवाले खसी बाख्रा र गाईबस्तु पनि मारेको छ। यो वर्ष मात्र ३१ किसानले खसीबाख्रा चितुवाले खाएको भन्दै क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको संरक्षण कार्यालयले जनाएको छ। ०७४/७५ देखि अहिलेसम्म संरक्षण क्षेत्रका २०३ वटा कृष्णसारको मृत्यु भइसकेको छ। जसमध्ये सबैभन्दा बढी १ सय १२ कृष्णसारको मृत्यु चितुवा आक्रमणबाट भएको छ।

यो ४ वर्ष अवधिमा कूल कृष्णसार मृत्युको ५५ प्रतिशत चितुवाबाट भएको संरक्षण क्षेत्रले जनाएको छ। वर्षमा औसत २८ वटा र महिनामा झन्डै ३ वटा कृष्णसार चितुवा आक्रमणमा मरेको देखिन्छ। ४ वर्षमा कालगतिबाट ३१, हुँडारले १६, बाढीले बगाएर १८, कुकुरले ७ र अन्य कारणले १९ कृष्णसारको ज्यान गएको छ। यो अवधिको कृष्णसार मृत्युको तथ्यांक विश्लेषण गर्ने हो भने ७५ प्रतिशत बयस्क भालेपोथी बढी देखिन्छन्। मरेकामध्ये पोथी ८३ र भाले ६९ वटा छन्। बच्चा ५१ वटा मरेका छन्। अहिले संरक्षण केन्द्रमा २०९ वटा कृष्णसार छन्।

आजको अन्नपूर्णपोष्टबाट….

 


Thali Mobile Pvt.Ltd.