भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

के यो देशको न्याय, कानुन र सरकारले यी दम्पतीसँग आँखा जुधाउन सक्छ ?


  • भाद्र ३१, २०७७
  • 606 Views
के यो देशको न्याय, कानुन र सरकारले यी दम्पतीसँग आँखा जुधाउन सक्छ ? image

‘हामीमाथि अत्याचार भयो । जसरी हुन्छ मुक्त गर्न पहल गरिदिनूस् । कहाँ गएर बोल्न पर्छ बोलिदिनूस्, लेखिदिनूस्,’ दुई महिनादेखि अस्पतालमा बन्धक रहेका शिवचन्द्र सदा र उनकी श्रीमती मिलियादेवीले रुँदै अनुरोध गरेपछि सरोकारवाला सबै संयन्त्रलाई सम्पर्क गर्यो । थाहा लाग्यो– सदा परिवारमाथि अत्याचार भयो भन्नेमा सबै जानकार छन् । सप्तरीको महुलीमा दुई महिनाअघि निर्घात कुटिएका थिए दलितदम्पती ।

उनीहरूलाई कुट्ने तारेखमा छुटेका छन् र समाजमा छाती फुलाएर हिँडिरहेका छन् । कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा छन्, किनकि घाउचोटको उपचारको पैसा तिर्न नसकेको भनेर अस्पतालले बन्धक बनाएको छ । विपन्न र बेखर्ची यी दम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ महुलीनिवासी शिवचन्द्र सदा ९भुटाई० र दिना साह छिमेकी हुन् ।

‘साउन पहिलो साता भीषण पानी परेपछि तराईका बस्ती–बस्तीमा पानी पसेको थियो । गाउँ पसेको पानी शिवचन्द्रको घर हुँदै बगेर दिनाको घरतर्फ बगिरहेको थियो,’ शिवचन्द्रका भाइ पवनको भनाइ छ, ‘तर, दिना साहले हाम्रो दाइ शिवचन्द्रको आँगनमा आएर पानी थुन्न थाले, पानीको बहाव रोकिएपछि दाइको घरभित्र पानी पस्न थाल्यो ।

त्यही विषयमा विवाद भएको हो ।’ यही विषयमा विवाद हुँदा दिनाको परिवारले शिवचन्द्रको परिवारलाई दलित भनेर अपमानजनक गालीगलौज मात्र गरेनन्, सांघातिक हमला पनि गरे । ‘बाँसको भाटाले प्रहार गर्दा दाजु शिवचन्द्र सदाको टाउको फुट्यो, भाउजू मिलियादेवी पनि गम्भीर घाइते भइन् । दाजु–भाउजू दुवैलाई यतैको स्वास्थ्य चौकीमा लगिएको थियो । तर, स्थिति गम्भीर भएकोले तुरुन्तै विराटनगर लगेर गोल्डेन अस्पतालमा भर्ना गरियो,’ भाइ पवनको भनाइ छ । उता अस्पतालमा दम्पतीको उपचार चल्न थाल्यो भने यता कुटपिट गर्ने दिना साह पक्राउ परे ।

तर, सांघातिक हमला गरेर दम्पती नै अस्पताल भर्ना हुनुपर्ने अवस्था आए पनि प्रहरीले भने आरोपीलाई अभद्र व्यवहार गरेको आरोपमा मात्र कारबाही अघि बढाएको थियो । घटनाको संवेदनशीलतालाई बेवास्ता गर्दै जिल्ला प्रशासन कार्यालयले घाइतेको उपचार खर्च दिने गरी आरोपीलाई तारेखमा छोड्न आदेश दियो । तर, उपचार खर्च नतिर्दै आरोपीलाई प्रहरीले ३२ साउनमा मुक्त गरिदियो । यसरी आक्रमणकारी समाजमा फर्किए भने पीडितहरू अस्पतालमा बन्धक भए । भूमिहीन नागरिक शिवचन्द्र सदा र उनकी श्रीमतीको उपचारमा एक लाख ९० हजारको बिल बनेको छ ।

उनीहरूका लागि यो महाभारत हो । ऐलानी जग्गामा उनको फुसको घर छ । घरमा तीनजना बालबच्चा छन् । ‘हामी निर्धन हौँ । जाउलो खाने पैसा पनि छैन, अरू बिरामीका घरबाट खाना आउँछ, केही दयावानले खाना उभारेर दिनुहुन्छ, त्यसैका आधारमा ज्यान धानिएको छ,’ मंगलबार साँझ अस्पताल परिसरमा मिलियादेवीले भनिन् । अरूको दयामा आफ्नो ज्यान बचेको छ, तर छोराछोरीको के हालत भयो होला रु सम्झिएर मलियादेवी आफैँ भयभीत हुन्छिन् ।

‘हामीमाथि त कहर छुट्यो, मान्छेले दगुराएर अस्पताल ल्याए, तीनजना बच्चा छन्, बालबच्चा के गर्दै होलान्, के खाँदै होलान्, घरमा खानेकुरा केही थिएन,’ उनले भनिन् । बाँसको भाटाले हानिएको थियो, शिवचन्द्रले दायाँहात अहिले पनि उठाउन सक्दैनन् । अब जीवनमा के गरी खाने भन्ने प्रश्न त छँदै छ । अस्पतालरूपी जेलबाट कसरी मुक्त हुने प्रश्नले उनी विचलित छन् । ‘हामीमाथि अत्याचार भयो, बोलिदिने कोही भएन । जसरी पनि हामीलाई मुक्त गराउन पहल गरिदिनुस्, कहाँ गएर बोल्नुपर्छ, बोलिदिनुस्, लेखिदिनुस्,’ पीडित शिवचन्द्र दुःख पोख्दापोख्दै रुन थाले । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.