भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्न भारत र चीन सहमत


  • माघ १५, २०८१
  • 302 Views
कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्न भारत र चीन सहमत image

काठमाडौं । भारत र चीनबीच यसै वर्षको गर्मी मौसमबाट कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्ने सहमति भएको छ। यससँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ। तर सुरु हुने मिति भने तोकिएको छैन।

भारतीय विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुई दिने बैठकमा यी दुई निर्णयमा सहमति भएको जनाइएको छ। सन् २०२० देखि दुई देशबीचको कैलाश मानसरोवर यात्रा र सिधा हवाई सेवा बन्द थियो। दुई देशबीचको सीमा विवादले निम्त्याएको खराब सम्बन्ध र कोभिडको कारण उक्त यात्र बन्द भएको जनाइएको छ।

पछिल्लो समय भारत र चीन आपसी सम्बन्ध राम्रो बनाउन जोड दिइरहेको देखिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्षपछि गत वर्ष अक्टोबरमा कजानमा भेटेका थिए।

त्यसपछि दुवैले आपसी सम्बन्धको अवस्थाबारे छलफल गरेर सम्बन्ध सुधार गर्न केही कदम चाल्न सहमत भएका थिए। त्यसयता पछिल्लो ३ महिनामा, चीनभारत सीमामा रहेको डेमचोक र डेप्साङका विवादित क्षेत्रहरूबाट दुवै देशका सेना फिर्ता भएका छन्।

 


Thali Mobile Pvt.Ltd.