भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोभिसिल्डलाई डब्लुएचओको मान्यता


  • फाल्गुन ५, २०७७
  • 924 Views
कोभिसिल्डलाई डब्लुएचओको मान्यता image

काठमाडौँ । कोरोनाविरुद्ध नेपालमा हाल प्रयोग भइरहेको कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ। संगठनले अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाको सहकार्यमा बनाइएका दुईथरी खोपमध्ये भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिसिल्डलाई सोमबार आपत्कालीन प्रयोग अनुमति दिएको हो। कोभिसिल्ड अहिले नेपालमा प्रयोग भइरहेको छ। यसैगरी संगठनले अस्ट्राजेनेका र दक्षिण कोरियाली कम्पनी एसकेबाओद्वारा निर्माण गरिएको खोपलाई पनि स्वीकृति दिएको छ। यसअघि ३१ डिसेम्बरमा डब्लुएचओले फाइजरद्वारा निर्मित खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएको थियो।

भारत सरकारले नेपाललाई उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप त्यहाँको सेरम इन्स्टिच्युटद्वारा उत्पादित हो। यसलाई अक्सफोर्ड र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन्। औषधि व्यवस्था विभागले यो खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएपछि नेपालमा माघ ४ देखि सफाइकर्मी र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीलाई पहिलो चरणमा र त्यसपछि पत्रकार, सयुंक्त राष्ट्रसंघीय निकाय तथा कूटनीतिक नियोगका कर्मचारीलाई दिइएको छ। यो सातादेखि निजामती कर्मचारी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, संस्थान तथा बैंकका कर्मचारी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक, शववाहन चालक र शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई यो खोप दिइँदै छ। फागुन चौथो सातादेखि ५५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई समुदायस्तरमा यो खोप दिने तयारी छ।

संगठनले अनुमति दिएपछि कोभिसिल्ड खोपलाई कोभ्याक्स सुविधाअन्तर्गत विश्वव्यापी रूपमा प्रयोग गर्न बाटो खुलेको छ। संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता समीक्षा गरेरमात्र आपत्कालीन प्रयोग सूची (इमरजेन्सी युज लिस्टिङ) मा समावेश गर्छ। कोभ्याक्स सुविधाअन्तर्गत आपूर्ति गर्नुअघि सम्बन्धित खोप उक्त सूचीमा समावेश हुन आवश्यक हुन्छ। संगठनको आपत्कालीन प्रयोग सूचीमा समावेश हुनुअघि खोपको दोस्रो तथा तेस्रो चरणमा गरिएका परीक्षण नतिजालाई स्वतन्त्र समूह तथा डब्लुएचओको विज्ञ टोलीले समीक्षा गरेका थिए। संगठनको अनुमतिपछि आमरूपमा प्रयोग गर्न सजिलो हुन्छ।

संगठनले जनाएअनुसार गुणस्तर, सुरक्षा र प्रभावकारितासम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन योजना तथा आवश्यक चिस्यान व्यवस्थापन उपयुक्तताका हिसाबले अक्सफोर्ड र अस्ट्राजेनेकाका खोपलाई अनुमित दिएको हो। यी खोपलाई समीक्षा गर्न संगठनले ४ साता लगाएको थियो।

समाचार आजको नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.