काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ .
तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछ । सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को समन्वयमा नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । सबै संक्रमित शव सेनाले व्यवस्थापन गर्ने गरेको छ । कान्तिपुर दैनिकबाट…
