भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खातामा अपरिचितलाई रकम जम्मा गर्न अनुमति दिने उत्सव प्रहरी हिरासतमा


  • जेष्ठ १२, २०७९
  • 593 Views
खातामा अपरिचितलाई रकम जम्मा गर्न अनुमति दिने उत्सव प्रहरी हिरासतमा image

काठमाडौं । ‘ह्वाट्स एप’मा चिनेकै आधारमा बैंक खातामा रकम जम्मा गर्न स्वीकृति दिँदा दोलखा शैलुङ गाउँपालिका–८ शैलुंगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ प्रहरी फन्दामा परेका छन् । उनलाई प्रहरीले ठगीधन्दामा पक्राउ गरेको हो ।

सोह्रखुट्टे बस्दै आएका उत्वस मोटर ग्यारेजका सामान्य कर्मचारी हुन् । सामाजिक सञ्जालमा रमाइरहेका उनलाई केही दिनअघि एक अपरिचितले ‘ह्वाट्स एप’मार्फत पार्टटाइम जागिरको अफर गरे । परिचितसँग कामको प्रकृति बुझे । पारिश्रमिक सोधे । अफर चित्तबुझ्दो देखिएपछि उनी सहकार्यका लागि तयार भए । अन्ततः सोही सहकार्य उनलाई प्रहरी हिरासतसम्म लग्ने कडी बन्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अपरिचितसँग भएकोे सहमतिबमोजिम उनले विभिन्न बैंकमा खाता खोले । खाता नम्बर अपरिचितलाई उपलब्ध गराए । पूर्वसहमतिअनुसार बैंक खातामा अब रकम जम्मा हुन थाल्यो । उक्त रकम कसले कहाँबाट कसरी जम्मा गरिरहेको छ भन्ने उत्सवले जान्न जरुरी ठानेनन् । उनी जम्मा भएको रकम झिक्न भारतीय सीमानजिक जान्थे । र, अपरिचितले भनेअनुसारको व्यक्तिलाई बुझाउँथे । यसबापत उनले प्रतिमहिना २० हजार रुपैयाँ पारिश्रमिक बुझ्थे । अनि आफ्नो काममा लाग्थे ।

यो क्रम झन्डै ६ महिना चल्यो । केही घन्टाको परिश्रमबाटै प्रतिमहिना २० हजार रुपैयाँको कमाइले उत्सव दंग थिए । गत सोमबार जब प्रहरी टोली हत्कडी लिएर सोह्रखुट्टेस्थित मोटर ग्यारेज आइपुग्यो, उनी रनभुल्ल परे । प्रहरीले पक्राउ गरी उनलाई अनुसन्धान गर्न भन्दै मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लग्यो ।

उनको नाममा खुलेका विभिन्न बैंकका खाता र जम्मा भएका रकम देखायो । ती सबै ‘अनलाइन स्क्याम’ मार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहमार्फत जम्मा भएको प्रहरीले बताएपछि उत्सव छाँगाबाट खसेझैँ भए  . अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका एक सदस्यले पछिल्लोपटक काठमाडौंकी एक नवधनाढ्य महिलालाई ६ लाख २७ हजार ६ सय ११ युरो चिट्ठा परेको भन्दै ह्वाट्स एपमार्फत सन्देश पठाएका थिए । सोही रकम प्राप्त गर्ने धुनमा महिलाले त्यो बैंक खाता प्रयोग गरेकी थिइन्, जुन उत्सवको नाममा खोलिएको थियो ।

अनुसन्धानमा संलग्न कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले ठगीको रकम उत्सवको बैंक खातामा जम्मा भएको खुलेपछि पक्राउ गरिएको बताए । ‘अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह छ । उनीहरूले विभिन्न बहानामा नेपालीलाई ठग्छन् । ठगेको रकम नेपालीकै खातामा जम्मा गर्छन् । सोही खातावालामार्फत भुक्तानी लिन्छन् । र, फरार हुन्छन् । यहीक्रममा उत्वसलाई ‘स्क्यामर’ले प्रयोग गरेको देखिन्छ । तर, यस्ता ठगीका मास्टर माइन्ड कहिल्यै पनि पक्राउ पर्दैनन्,’ उनले भने ।

उत्सवको खातामा यसरी जम्मा भएको थियो २९ लाख

ह्वाट्स एपमार्फत काठमाडौंकी एक महिलालाई ६ लाख २७ हजार ६ सय ११ युरो (आठ करोड २७ लाख ६४ हजार रुपैयाँ) चिट्ठा परेको खबर आयो । सँगै, चिट्ठाबापतको रकम भुक्तानीका लागि कानुनी प्रक्रिया मिलाउन अन्तर्राष्ट्रिय वकिल कम्बोडिया आएर बसेको र नेपाल आउन थप एयर–फेयरको टिकट आवश्यक परेको खबर ह्वाट्स एपमा थियो ।

महिलामा रकम प्राप्तिको आशक्ति जाग्यो । एयर–फेयरको टिकटबापत २८ लाख ७९ हजार रुपैयाँ पठाउन राजी भइन् । अपरिचितले बैंक खाता पठायो । खातामा उनले भनेबमोजिमको रकम जम्मा गरिन् । महिना बित्यो । तर, भनेअनुसारको न वकिल नेपाल आयो, न चिट्ठाबापतको रकम नै ।

ठगी भएको महसुसपछि ती महिला प्रहरी कार्यालय पुगेर जाहेरी दिइन् । प्रहरीले रकम जम्मा गरेको बैंक खाता र खाताको धनी खोज्न थाल्यो । खाता उत्सवको रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । तर, गिरोहका मुख्य योजनाकार फरार भए ।

नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.