भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खै १७ हजारको सम्पत्ति विवरण


  • कार्तिक २, २०७७
  • 576 Views
खै १७ हजारको सम्पत्ति विवरण image

काठमाडौं ।सरकारी सेवामा कार्यरत कर्मचारीले अझै सम्पत्ति विवरण बुझाउन आनाकानी गरिरहेका छन् । कतिले जानकारी नपाएर वा कतिले सरकारी निर्देशनको अवज्ञा गरेर विवरण नबुझाउने गरेका छन् । आव २०७५÷०७६ मा सम्पत्ति विवरण नबुझाउने कर्मचारीको संख्या १७ हजार १ सय ८५ रहेको थियो । गएको आवमा सम्पत्ति विवरण नबुझाउनेको पहिलो सूचीमा शिक्षक रहेका छन् । गएको आवमा ७ हजार ६ सय २६ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । त्यस्तै स्थानीय तहअन्तर्गत महानगरपालिका, नगरपालिका र गाउँपालिका जनप्रतिनिधि र कर्मचारी गरी ४ हजार ४ सय ९८ जना सम्पत्ति विवरण बुझाएका छैनन् ।

प्रदेश तहका ५ सय ५४, निजामती तहका २ हजार ५ सय ४, नेपाली सेनाका ४ सय ६०, नेपाल प्रहरीका १ सय ११ र अन्य तल्लो तहका १ हजार २ सय जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । आर्थिक वर्ष २०७६÷०७७ मा सम्पत्ति विवरण नबुझाउनेबाट ८ करोड रुपियाँभन्दा बढी राजस्व संकलन हुने भएको छ । केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शुक्रबार बुझाएको प्रतिवेदनमा सम्पत्ति विवरण नबुझाउनेको सम्पत्ति छानबिन गर्न सक्ने अधिकार छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको सम्पत्तिको अद्यावधिक विवरण आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकेको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख छ ।

केन्द्रले सम्पत्ति विवरण नबुझाउनेको तथ्यांक सार्वजनिक गरेको हो । प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११० मा रहेको व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीले प्रदेश सरकारमार्फत सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । सम्पत्ति विवरण नबुझाउनेको दोेस्रो सूचीमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसमेत रहेका छन् । केन्द्रका सहसचिव एवं प्रवक्ता ज्ञानराज सुवेदीले विवरण नबुझाउनेमाथि कारबाही गर्न विवरणसहित सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिनुभयो । अझै पनि तोकिएकै समयमा सम्पत्ति विवरण बुझाउनुपर्छ भन्ने विषयमा जानकारी नभएजस्तो गरेको कारण केही कर्मचारी कारबाहीमा परेको उहाँको भनाइ थियो ।

केन्द्रको प्रतिवेदनमा संघअन्तर्गत ४ लाख २१ हजार ९ सय ६१, प्रदेशअन्तर्गत ३ हजार ७ सय ७८ र स्थानीय तहअन्तर्गत १ लाख ६३ हजार ७ सय ८६ गरी ५ लाख ८९ हजार ५ सय २५ कर्मचारीले विवरण बुझाएका छन् । देशभर ६ लाख ६ हजार ७ सय १० ले विवरण बुझाउनुपर्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको प्रतिवेदनमा १६ वटा राष्ट्रिय गौरवका आयोजनासहित ३० वटा आयोजनाको प्राविधिक परीक्षण सम्पन्न गरेको उल्लेख छ ।

त्यस्तै एक वर्षभित्र ७ सय १५ र गत आवको ४ सय ६० सहित १ हजार १ सय ७५ उजुरीमध्ये ७ सय ८१ उजुरी फछ्र्योट भएका छन् । त्यस्तै १ सय ६४ वटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको ९६ उजुरीआथि अध्ययन गरी सतर्क र ध्यानाकर्षण गराइएको र ५ सय २१ तामेलीमा गएको उल्लेख छ । नेपाल समाचारपत्रबाट……

 


Thali Mobile Pvt.Ltd.