भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु


  • असार १६, २०८१
  • 272 Views
गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु image

गुल्मी । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । गए राति मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता बिक, ७ वर्षीया सपना विक र २ वर्षीया विपना बिक पहिरोमा पुरिएर मृत्यु भएको हो।

उनको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घरमा माथिबाट ढुङ्गा,माटो सहितको पहिरो आई घर पूर्णरुपमा पुरिएको हो। इस्मा प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको थिए। स्थानीय र प्रहरीले उनीहरुलाई पहिरोबाट निकालेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकबाट।

 


Thali Mobile Pvt.Ltd.