भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गोर्खा सैनिकका विषयमा बेलायतसँग वार्ता गर्न टोली गठन


  • फाल्गुन १९, २०७८
  • 605 Views
गोर्खा सैनिकका विषयमा  बेलायतसँग वार्ता गर्न टोली गठन image

काठमाडाैं । सरकारले पूर्वब्रिटिस गोर्खा सैनिकको पेन्सनलगायतका मागबारे बेलायतसँग वार्ता गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा आन्दोलनरत पूर्वसैनिकका प्रतिनिधिसहितको वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी मागबारे वार्ताका लागि आचार्य नेतृत्वको टोलीलाई जिम्मेवारी दिएको हो ।

पूर्वगोर्खा सैनिकले लामो समयदेखि ब्रिटिस नागरिकसरह गोर्खा सैनिकको तलब र पेन्सनसहितका सुविधा माग्दै आएका छन् । सन् १९९७ भन्दा अघि बेलायती सेनाबाट अवकाश पाएका नेपाली नागरिकले असमान पेन्सन र सुविधा प्राप्त गर्दै आएको उनीहरूको भनाइ छ ।

बेलायती रक्षा मन्त्रालयका अनुसार ब्रिटिस सेनामा करिब ३५ सय नेपाली नागरिक कार्यरत छन् भने ३५ हजार अवकाशप्राप्त गोर्खा सैनिक र परिवारले पेन्सन बुझ्दै आएको छ । तर, १९९७ पछि अवकाश भएका गोर्खालाई बेलायतीसरह पेन्सन सुविधा दिएको छ ।

गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा नेपालीहरूमाथि भएको अन्यायबारे बेलायतको राजपरिवार जानकार रहेको पूर्वगोर्खाहरू बताउँछन् । उनीहरूका अनुसार राजपरिवारले यसबारे सरकारलाई ध्यानाकर्षण पनि गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.