भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चामल गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव


  • जेष्ठ १२, २०८०
  • 230 Views
चामल गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव image

कालिकोट । सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ ।

कर्णालीलगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारण समयमै चामल पाउनबाट वञ्चित छन् । चालू वर्ष पनि तोकिएको समय चामल ढुवानी नहुँदा दैनिक २० देखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालिकोटमा खाद्यान्नका चरम अभाव भएको हो ।

नेपालगन्ज र बर्दियाबाट समयमै चामल नआउँदा कालिकोटमा खाद्यान्न अभाव भएको छ । सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुँदा कालिकोटको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको हो ।

गएको वर्षभन्दा पछिल्लो वर्ष चामल दोब्बरले बिक्री हुने गरेको कार्यालय प्रमुख कमलराज पाण्डे बताउँछन् । यो वर्ष मात्र जिल्लाभर ९ हजार क्विन्टल चामल बिक्री भएको छ । यो वर्षका लागि १२ हजार क्विन्टल माग गरिएकामा अहिले गोदाममा ३ सय मध्यमखाले अरुवा चामल मात्र छ ।

गोदाम खाली भइसकेको छ भने चामल नेपालगन्जमा पनि छैन । दसैंसम्म पुग्नेगरी ३ हजार ५ सय किवन्टल चामल माग गरिएको प्रमुख पाण्डेले बताए । ‘यदि चामल माग गरेअनुसारको आएन भने अभाव हुने निश्चित छ,’ उनले भने, ‘जिल्लाको पादमघाट, खल्ला र थिर्पुका खाद्य डिपोपनीसमेत रित्तै छन् । जिल्लामै चामल छैन, डिपोमा कसरी हुनु रु गाउँका डिपोका लागि ठेकेदारको लापरबाहीका कारण पनि समय नपुग्ने गरेको हो ।’

महावै क्षेत्रमा खाद्यान्न चरम संकट भएको ढुवानी आपूर्तिका लागि नेपाल खाद्य संस्थानसँग माग गरिए पनि ‘अहिलेसम्म के कति कारण खाद्यन्न नआएको थाहा नभएको’ महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

‘हामीले खाद्यान्न चरम अभाव रहेकाले खाद्य संस्थानसँग माग गरेका छौं,’ उनले भने, ‘खाद्यान्न नहुँदा चरम भोकमरी हुने समस्या रहेको छ ।’

हालैको सर्वेक्षणअनुसार जिल्लामा खडेरी, सिँचाइ अभाव, खानेबानीमा सुधार नहुनुलगायत समस्याका कारण कालिकोटमा खाद्य असुरक्षा बढ्दै गएको हो ।

चरम खाद्य असुरक्षा रहेको कालिकोटमा ४० प्रतिशत मानिसलाई ६ महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने गरेको सर्वेक्षणमा उल्लेख छ । कृषिमा आत्मनिरर्भर हुन नसक्दा ५५ प्रतिशत मानिसको उमेरअनुसारको उचाइ र तौल नभएको सर्वेक्षणले देखाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.