भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सीमामा थपिए ५० बीओपी, ओलाङचुङगोलासम्म सशस्त्रको उपस्थिति


  • आश्विन २६, २०७७
  • 731 Views
सीमामा थपिए ५० बीओपी, ओलाङचुङगोलासम्म सशस्त्रको उपस्थिति image

काठमाडौँ । सरकारले सामरिक सुरक्षा र व्यापारिक महत्त्वका दृष्टिले संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै लगेको छ । दार्चुलाको छाङरुदेखि नवलपरासीको सुस्ता हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म २०७७ वैशाखयता मात्रै सशस्त्र प्रहरी बल ९एपीएफ० का ५० वटा बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरिएका छन् । चीनतर्फको सीमा क्षेत्रमा पछिल्लो ६ महिनामा ५ स्थानमा बीओपी राखिएको छ भने भारततर्फ ४५ वटा बीओपी थपिएको छ ।

यसअघि चीनतर्फ एउटा पनि बीओपी थिएन । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्दै चीनतर्फ १५ र भारततर्फ ४ सय ८५ ठाउँमा बीओपी स्थापना गर्ने गरी काम अघि बढाएको छ । २०७६ चैतसम्म नेपाल–भारत सीमा क्षेत्रका १ सय २० स्थानमा मात्रै सशस्त्रका बीओपी तैनाथ थिए । चीनसँग नेपालका १५ जिल्लाको करिब १ हजार ४ सय १४ किमि र र भारतसँग २७ जिल्लाका करिब १ हजार ८ सय ८० किमि लामो सीमा जोडिन्छ ।

गत वर्ष नेपाली भूमि कालापानी क्षेत्र अतिक्रमण गर्दै भारतले आफ्नो नक्सामा समेटेपछि असन्तुष्ट बनेको सरकारले त्यसयता संवेदनशील सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिलाई सशक्त बनाउँदै लगेको हो । आन्तरिक सुरक्षामा समेत तैनाथ एपीएफलाई पछिल्लो समय सीमा सुरक्षामा केन्द्रित गराइएको छ । केही वर्षभित्रै बीओपीको संख्या बढाएर ५ सय पुर्‍याउन सरकारले सशस्त्रलाई स्वीकृति दिएको छ । बीओपीको संख्या प्रदेश १ मा ३४, प्रदेश २ मा ५६, वाग्मती प्रदेशमा ७, गण्डकीमा २, लुम्बिनी प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ३७ वटा पुगेका छन् । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.