भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चीनले दिएको ७० किलोवाटको सोलार ब्याट्री जीर्ण हुँदा उर्जा संकट


  • पुष ९, २०७७
  • 614 Views
चीनले दिएको ७० किलोवाटको सोलार ब्याट्री जीर्ण हुँदा उर्जा संकट image

जोमसोम । सन् २०१५ मा उत्तरी छिमेकी देश चीन सरकारबाट उपल्लो मुस्ताङको लोमान्थाङ गाउँलाई अनुदान स्वरुप सहयोग प्राप्त ७० किलोवाटको सौर्य उर्जा सोलारको ब्याट्री खपत कम हुदाँ लोमान्थाङमा बिजुलीको समस्या देखिएको छ। यसअघि लोमान्थाङमा संञ्चालनमा आएको मिनी हाईड्रो पावर बन्द भएको, केन्द्रिय प्रशारण लाईनको पहुँचसमेत नपुगेको र सोलारको ब्याट्री पुरानो हुदाँ लोमान्थाङमा उर्जा संकट भएको हो। वि।सं।२०५७ सालको सेरोफेरोमा लोमान्थाङमा अमेरिक हिमालयन फाउन्डेसन, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना – एक्याप० र स्थानीयको सयुक्त लगानीमा २९ किलोवाट मिनी मिनी हाईड्रो संञ्चालनमा आएको थियो।

सन् २०१५ मा चीनले ७० किलोवाट सौर्य उर्जा सोलार उपकरण उपलब्ध भएपछि मिनी हाईड्रो बन्द हुन पुगेको स्थानीय बताउँछन्। मिनी हाईड्रो स्थानीय गाउँ समाजकै स्वामित्वमा संञ्चालन हुँदै आएपनि सौर्य उर्जा जडानपछि गाउँलेलेनै मिनी हाईड्रो एक स्थानीयलाई उद्योग खोल्न लिजमा दिए। लिजमा लिएका व्यक्तिले केही महिना उद्योग चलाएपनि उनको उद्योग बन्द भयो। त्यसपछि मिनी हाईड्रो सदाका लागि बन्द हुन पुग्यो। तर ति व्यक्तिले हाईड्रो पावर गाउँलेलाई अझै हस्तान्तरण गरेका छैनन्। अहिले मिनी हाईड्रोका सबै उपकरण खिया लागेर जीर्ण भइसकेको छ।

लोमान्थाङको पुरानो हाईड्रो विगत २०७० सालदेखि बन्द छ। चीनले अनुदान स्वरुप उपलब्ध गराएको सौर्य उपकरण जीर्ण हुदाँ लोमान्थाङमा बिजुलीको समस्या परेको हो। चीनले लोमान्थाङलाई ७० किलोवार्टको सौर्य उर्जा सोलार बत्तीको सुविधा उपलब्ध गराउन २ सय ८० वटा सोलार प्यानल ,३६० थान ब्याट्री र अन्य सौर्य उपकरण दिएको थियो। सौर्य उर्जा उपकरण जडान भएको सुरुवाति २र३ वर्षसम्म लोमान्थाङमा नियमित २४ सै बिजुलीको सेवा उपलब्ध हुने गरेकोमा पछिल्लो २र३ वर्ष यता सौर्य उर्जा भण्डार गर्ने ब्याट्रीको स्टोर गर्ने क्षमता कम हुदाँ लोमान्थाङमा चरम बिजुलीको समस्या देखिएको सौर्य उर्जा अपरेटर ढिन्डुक गुरुङले जानकारी दिए।

उनका अनुसार लोमान्थाङ गाउँ उपल्लो मुस्ताङ पर्यटकीय हब भएकाले स्थानीय होटल व्यवसायी तथा अन्यले सौर्य उर्जा बिजुलीबाट खाना पकाउने ,पानी तान्न पम्प चलाउने , फ्रिज चलाउने,टिभि हेर्ने, हिटर चलाउने आदि कारणले विद्युत किफायत कम हुँदै गएको अपरेटर गुरुङको भनाई छ। चीनले दिएको सौर्य उर्जाका सोलार प्यानलको अवस्था राम्रै भएपनि त्यसबेलाका विद्युत स्टोर गर्ने ब्याट्रीको भण्डार क्षमता कम हुँदै गर्दा समस्या उत्पन्न भएको गुरुङको भनाई छ। उनका अनुसार बर्खायाममा पर्यटकीय सिजन र स्थानीय गाउँमै रहने हुनाले सोलारको बिजुली ६ घण्टा पनि थेग्न नसक्ने उनले प्रष्ट्याए। उनले चीनले सौर्य उर्जाका लागि नयाँ ब्याट्री नदिएसम्म २४ सै घण्टा साविकको सेवा पूर्‍याउन मुस्किल पर्ने बताए।

लोमान्थाङमा चीनबाट सहयोग प्राप्त सौर्य उर्जाको सोलार बत्ती बितरण समिति बनेको थियो। समितिका उपाध्यक्ष झ्याम्पा ग्याचो गुरुङले सन् २०१५ मा चीनको अनुदानमा सौर्य उर्जा सहयोग गरेको भएपनि अहिले उपकरण जीर्ण हुँदा वितरणमा समस्या परेको बताए। उनका अनुसार लोमन्थाङमा सोलार बिजुली वितरण गर्न समिति बनेको र त्यसले प्रति युनिट १३ रुपैयाका दरले महशुल उठाउने गरेको जानकारी दिए। पछिल्लो समय सौर्य उर्जाको भण्डार क्षमता कम हुदै गर्दा स्थानीय तह पर्यटन व्यवसायीले बिजुलीबाट उपयोग गर्ने सबै प्रकारका सेवा प्राप्त गर्न बञ्चित हुनुपर्ने अवस्था आएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट ….

 


Thali Mobile Pvt.Ltd.