भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

छैन ओत, कठ्याँग्रिए सुत्केरी र गर्भवती


  • कार्तिक २२, २०८०
  • 219 Views
छैन ओत, कठ्याँग्रिए सुत्केरी र गर्भवती image

जाजरकोट । डाक्टरले मंसिरमा डेट दिएको छ। यो समयमा उनको घरमै आराम र अलि बढी स्याहारसुसार पाउनुपर्ने हो। भूकम्पले उनको घरै भत्काएको छ। बारीका पाटामा बास भएको छ। अझ त्यत्ति मात्र कहाँ हो र रु राहतका नाममा ओत लाग्ने त्रिपाल पनि उनले पाएकी छैनन् तर जुक्ति लगाइन्। तरकारी लगाउने टनेललाई नै टहरो बनाएर उनी बसेकी छन्।

जाजरकोटररुकुम पश्चिम स् जाजरकोटको नलगाड नगरपालिका–६ की १९ वर्षीया जमुना बुढा मगर भूकम्पमा घाइते भइन्। उनलाई उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान नेपालगन्जको भेरी अस्पताल पुर्‍याइयो। पेटमा ३० साताको गर्भ थियो। अस्पतालमा उनले मृत बच्चालाई जन्म दिइन्। पेटमा हुर्किरहेको पहिलो सन्तान गुमाएको पीडा त छँदै थियोे, अस्पतालको शय्यामा होसमा आउँदा उनले भूकम्पमा पति नवीन बुढा मगरको निधनको दुःखद खबर सुन्नुपर्‍यो। उनीहरूको गत फागुनमा मात्र प्रेम विवाह भएको थियो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरकी ३४ वर्षीया बिना केसीको सुत्केरी हुने मिति नजिकिँदै छ। डाक्टरले मंसिरमा डेट दिएको छ। यो समयमा उनको घरमै आराम र अलि बढी स्याहारसुसार पाउनुपर्ने हो। भूकम्पले उनको घरै भत्काएको छ। बारीका पाटामा बास भएको छ। अझ त्यत्ति मात्र कहाँ हो र रु राहतका नाममा ओत लाग्ने त्रिपाल पनि उनले पाएकी छैनन् तर जुक्ति लगाइन्। तरकारी लगाउने टनेललाई नै टहरो बनाएर उनी बसेकी छन्।

‘पेटमा बच्चा धेरै चल्न थालेको छ। जाँच गर्न पनि कहाँ जाने भनेर केही बुझ्न सकेकी छैन’, उनले समस्या दर्शाइन्। सोही टोलकी मनिला केसीको झन्डै एक वर्षको छोरो छ। उनको घर भत्किएर पालमा बसेकी छन्। ‘बिहान उठ्दा शीतले कपडा भिजेको हुन्छ। चिसोले बच्चालाई खोकी लागिरहन्छ। शरीर सुन्निन्छ’, उनले दुःखेसो पोखिन्। गत शुक्रबार मध्यराति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जिल्लामा सबैभन्दा धेरै मार कसैलाई परेको छ भने त्यो गर्भवती र सुत्केरीलाई नै हो। गर्भावस्था र सुत्केरी अवस्थामा बढी न्यानो भएर पोषिला खानेकुरा खानुपर्ने महिला बारीका पाटाको बास र भूकम्पपीडितको गुजारा गरेर खाने कुरामा सीमित भएका छन्।

जाजरकोटको नलगाड–१ चिउरीकी अमृता कुमाइका ससुराको भूकम्पमा घर भत्केर निधन भयो। उनको कोखमा सात महिनाकी छोेरी छ। त्रिपालमा जुठो बारेर बस्नु परेको छ। ‘बच्चालाई निमोनिया हुन्छ कि भनेर डर लाग्छ’, उनी भन्छिन्, ‘झरी परे झैं निथ्रुक्क भिज्नुपर्छ। ओढ्ने ओछ्याउने पनि भिज्छन्। दिउँसो घाम लाग्दा सुकायो। राति फेरि सुत्यो।’ सोही ठाउँकी २४ वर्षीया सुत्केरी सुमिना कुमाई, २१ वर्षकी स्मृति घेलाल, २१ वर्षकै निर्मला चुनारा, २४ वर्षीया समीक्षा महराका पनि सन्तान एक वर्षमुनिकै छन्।

समस्या पनि उस्तै छ, ‘त्रिपालमा बच्चा काखी च्यापेर सुत्ने’, उनीहरू सबैले बारीका पाटाको बास र भूकम्पपीडितको गुजाराको गाँस नै आफ्नो खान्की भएको बताएका थिए। कुनै पनि गर्भवती र सुत्केरी महिलाले पोषिलो खानेकुरा खान पाएको बताएनन्। न त कसैले पोषिलो खानेकुरासम्बन्धी राहत नै वितरण गरेको बताए। चिउरीमा दलित महिला संघ ९फेडो० केन्द्रीय समिति ललितपुर र जिल्ला शाखा सुर्खेतले दलित समुदायका गर्भवती, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक महिलाका लागि न्यानो कपडा राहत बाँडेको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.