भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जनता भोकै पर्दै छन्, भोकले मर्दै छन्


  • आश्विन २, २०७७
  • 488 Views
जनता भोकै पर्दै छन्, भोकले मर्दै छन् image

संसद्मा राष्ट्रपतिले ‘अब कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भनेर २ जेठमा घोषणा गरेको साँझ सप्तरीका मलर सदाको घरमा चुलो बलेन । त्यसपछि चार दिनसम्म भोकै बसेको परिवारलाई अन्न जुटाउन छाता र कोदालो बोकेर निस्किएका मलर सदा बाटोमै बेहोस भए र ज्यान गयो । त्यसपछि भोकै पर्ने र भोकै मर्ने डरलाग्दो शृंखला जारी छ । न जमिन छ, न बैंक खाता । न शैक्षिक प्रमाणपत्र छ, न बैंकले कर्जा दिन्छ ।

त्यसैले ५० वर्षको उमेरसम्म पनि मलर सदासँग नागरिकताको प्रमाणपत्र थिएन । तर, अब भने राज्यबाट केही राहत हुन सक्छ भनेर उनले नागरिकता बनाउने फारम किनेर ल्याएका थिए । आफूसँगै श्रीमती र तीन छोराको पनि नागरिकता बनाइदिने उनको योजना थियो । तर, उनको रहर पूरा भएन । महामारीको बीच ज्यालादारी काम पनि नपाएर भोकले उनको मृत्यु भयो । यसरी ५० वर्षको उमेरमा एक नेपाली नागरिकको मृत्यु भयो ।

मूलीको निधन भयो, नागरिकताको फारम भने अमूल्य नै होला भन्ने ठानेर उनको परिवारले अझै पनि घामपानीबाट जोगाएर राखेको छ । गत फागुन दोस्रो साता मलरका कान्छा छोरा साजनले गुजरात जानुअघि ठेकेदारबाट पाएको दुई हजार पेस्की बुबाको हातमा थमाएर गएका थिए । घर बनाउने र छोरा साजनको बिहे गर्ने मलरको सपना थियो ।  घर बनाउन उनले बाँस पनि ल्याएका थिए । तर, चैतदेखि लकडाउन भयो, परिवारसँग त्यही दुई हजारको भर थियो । सप्तरीको रामपुर पथरीमा डगर ९बाटो०छेउको ऐलानी पाँच धुर जग्गामा मलरको परिवार बस्छ ।

चार पुस्तादेखि मुसहर समुदाय रामपुरमा बस्दै आएका हुन् । ३२ परिवारमध्ये २७ परिवारसँग नागरिकता छैन । चार परिवारले आफैँ बसेको जग्गा पनि ‘मालिक’सँग किन्नुपरेको छ । सात परिवारले घरको दैलोमा काठको ढोका बनाएका छन्, बाँकी सबैले बाँसको फाटक र कपडाको अस्थायी आडमा रात बिताउँछन् । चोरले नै लग्ने गरी भित्र त्यस्तो केही छैन । त्यसो त सबै भूमिहीन दलितलाई भूमि र एकपटक घर बनाइदिने घोषणा भएको पाँच वर्ष भयो । तर, रामपुरका मुसहरलाई यो अविश्वसनीय सपना लाग्छ । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.