DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जनमुक्ति सेनाको ब्रिगेडमा प्राविधिक शिक्षालय


  • मंसिर १७, २०७७
  • 747 Views
जनमुक्ति सेनाको ब्रिगेडमा प्राविधिक शिक्षालय image

बर्दिबास । काम गरेर खाने शिक्षाको अभावमा दलाली, अनयमितता, भ्रष्टाचार मौलाएको छ’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले भने,‘श्रम प्रति विश्वास गर्नुपर्छ। अनि मात्रै समाजले फड्को मर्छ।’ देशमा बढ्दैं गरेको भ्रष्टाचारप्रति मन्त्री चिन्तित देखिन्थे। कार्यक्रमका सहभागीहरु चासो दिएर सुनिरहेका थिए। दक्ष शिक्षक र अभ्यास सहितको शिक्षाले मात्रै प्राविधिक शिक्षा नमुना बन्ने मन्त्री पोखरेलले बताउँदै थिए, ‘ब्ल्याक बोर्डमा पढाएर प्रमाणपत्र दिइन्छ कि भन्ने अझै मलाई चिन्ता छ।’ दक्ष जनशक्तिले मात्रै सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्ने उनले औंल्याए।

महोत्तरीको बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भने,‘देशभरी प्राविधिक शिक्षाको एक किसिमको लहर चलेको छ।’ सातै प्रदेशमा एक–एक वटा नमुना प्राविधिक शिक्षालय संचालन गरेको उनले बताए। प्राविधिक शिक्षाले मात्रै देशमा विकासको नेतृत्व गर्न सक्ने उनको तर्क थियो। ‘प्रावधिक शिक्षाले मात्रै गरिबीलाई शून्यमा झार्न सक्छ,’ उनले भने।महोत्तरी जिल्लाको कर्णाली भनेर खयरमारालाई चिनिन्छ। जहाँ गाउँलेलाई पिउने पानीको समस्या छ। विकासको खासै स्वाद नचाखेका गाउँलेहरुको अनुहारमा मंगलबार खुसीयाली देखिन्थ्यो। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले नवनिर्मित तीन तले भवनको उद्घाटन गरे।

२१ कोठामा फैलिएको भवन विकट गाउँमा बनेको छ। प्रदेश(२ कै सान्दार शैक्षिक भवन हो यो। मुस्कुराइरहेको भवनमा गाउँले आफ्ना छोराछोरीको भविष्य देखिरहेका थिए। यो गाउँ अहिलेसम्मको सबै भन्दा बढी तीन करोंड ७४ लाखको भवन बनेको हो। बर्दिबास बजारबाट २२ किलो मिटर पश्चिम(उत्तरको विकट गाउँ खयरमारा पुग्न जंगलको बाटो पार गर्नुपर्छ। द्वन्द्वकालमा बाहिरका मानिस त के स्वंय प्रहरी नै खयरमारा जान डराउँथें। त्यहाँ माओवादीको गढ नै थियो। सर्लाही, महोत्तरी र सिन्धुली जिल्लाको केन्द्रमा त्यो गाउँ पर्छ। समय फेरिएसँगै मनमा डर होइन्, सपना बोकेर पूर्व ताप्लेजुङ्गदेखि पश्चिम बाजुरासम्मका २२ जिल्लाका विद्यार्थी निर्धक भएर पढिरहेका छन्।

त्यहाँ अहिले पाँच सय ३८ जना विद्यार्थी आफ्नो उज्जवल भविष्यका लागि मिहेनत गरिरहेका छन्। २०७५ सालमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको स्थाना भयो। दुई वर्षमै यो शिक्षालयले गाउँको मुहार मात्रै फेरेन बाहिरी जिल्लाहरुमा सकारात्मक प्रभाव कायम गर्न सफल भएको स्थानीय विनोद श्रेष्ठ बताउँछन्। तीन करोड ७१ लाखमा शिक्षालयको अर्को भवन युद्धस्तरमा निर्माण भइरहेको छ। डिप्लोमा तलमा सिभिल इन्जिनिरिङ्ग, जियोमेट्रिक इन्जिनिरिङ, फोरेस्ट्री, होटल मेनेजमेन्ट, फुड एन्ड डेरी, फर्मेसी, रेडियोग्राफीको पढाइ भैरहेको शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए।

सीटीभीटीले तयार पारेको डिप्लोमा तह, टिएसएलसी र छिटो अवधिको सम्पूर्ण कार्यक्रमहरु क्रमस संचालित हुनेछ। यस वर्ष नयाँ ६ वटा विषय शिक्षालयमा थप गरिएको छ। डिप्लोमा तहमा एचए, नसिंङ्ग, ल्याब, डेण्टल, नेत्र साहयक लागायत विद्याको सम्बन्ध प्राप्त गरेका छ। प्रदेश –२ मा प्राविधक शिक्षाको लहर चलेको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश २ का निर्देशक नागेन्द्र साहका अनुसार प्रदेशभरीमा १ सय २१ वटा शिक्षण संस्थामा विभिन्न प्राविधक विषयको पठनपाठन भइरहेको छ। डिप्लोमा तहमा १५ हजार ७ सय ८६ जना र प्रिडिप्लोमा तहमा २ हजार ९ सय ४ जना पढ्दैं छन्। दुई वर्ष अघि प्रदेशभरीमा ३६ वटा शैक्षिक संस्थामा मात्रै प्राविधिक शिक्षाको पहुँच थियो। अन्नपूर्णपोष्ट दैनिक

 


Thali Mobile Pvt.Ltd.