भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


  • पुष १७, २०७७
  • 673 Views
टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा image

काठमाडौं । टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामाथि बनाइएको पुलमा नियमितविपरीत म्याद थप गर्दा राज्यलाई एक करोड १४ लाखभन्दा बढी नोक्सान भएको छ । यसमा भूमिका खेल्ने चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कमसल निर्माण सामग्री प्रयोग गरिएकाले हालसम्म पुल प्रयोग गरिएको छैन । भत्काएर फेरि बनाउन सरकारले निर्देशन दिए पनि कम्पनीले बनाएको छैन ।

पुल निर्माणका क्रममा सडक विभागअन्तर्गतको तत्कालीन आयोजना कार्यान्वयन इकाइले तेस्रोपटक म्याद थप गर्दा कार्यसम्पादन जमानतबराबरको रकम फुकुवा भई देशलाई एक करोड १४ लाख ७६ हजार घाटा भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । तत्कालीन आयोजना प्रमुख बेलबहादुर नेपाली, लेखा अधिकृतद्वय श्यामबहादुर खत्री र नारायणबहादुर थापा तथा लेखापाल गिरिप्रसाद श्रेष्ठउपर जमानतबराबरको रकम असुल, कैद र जरिवाना सजायको मागसहित मुद्दा दायर गरिएको हो ।

म्याद थप गर्दा कार्यसम्पादन जमानत नवीकरणको प्रक्रिया पूरा नगरिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । त्यस्तै, ठेक्का पाउने पप्पु कन्स्ट्रक्सनका सञ्चालक सञ्जय रौनियारविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनी कम्पनीका मालिक हरिनारायण रौनियारका छोरा हुन् । हरिनारायणविरुद्ध गत वर्ष नै अख्तियारले मुद्दा चलाइसकेको छ । रौनियार सांसदसमेत हुन् । मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ । नेपालको निर्माण क्षेत्रमा पप्पु कन्स्ट्रक्सन बदनाम छ ।

पुल बनाउने ठेक्का चिनियाँ कम्पनी एआइइसी–पप्पु जेभीले पाएको थियो । करिब २० करोडमा पुल निर्माण भएकोमा १३ करोडभन्दा धेरै भुक्तानी कम्पनीले लगिसकेको छ । डिजाइनअनुसारका सामान प्रयोग नभएको पाइएपछि पुल प्रयोगमा सडक विभागले रोक लगाएको थियो । कालिमाटी–टेकु क्षेत्रको जाम हटाउने उद्देश्यले पुल निर्माण भए पनि हालसम्म सम्झौताअनुसार काम नभएकाले प्रयोग गरिएको छैन । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.