भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ठूलो सङ्घर्ष पछि गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेका छन्ः प्रधानमन्त्री


  • आश्विन ३०, २०८०
  • 437 Views
ठूलो सङ्घर्ष पछि गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेका छन्ः प्रधानमन्त्री image

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहालले गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन्। गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले विभिन्न सङ्घर्ष पश्चात गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेकोमा खुशी व्यक्त गरे।

उनले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले ठूलो सङ्घर्ष र पहल गरेको उल्लेख गरे। उनले भने, ‘आफूले गरेको सङ्घर्षकै बलमा तपाईंहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ। संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को सङ्घर्ष गर्नुप¥यो।

निकै ठूलो सङ्घर्षर मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं। पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो।’ प्रधानमन्त्री दाहालले आजबाट सुरु हुन लागेको गैरआवासीय नेपाली सङ्घको ११ औं महाधिवेशनको शुभकामना दिँदै गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवालहरूलाई नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको बताए।

उनले नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको भन्दै धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको जिकिर गरे। उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको र एउटा ऐतिहासिक काम भएको पनि बताए। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.