भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तालमेल उपलब्धिमूलक


  • जेष्ठ १७, २०७९
  • 387 Views
तालमेल उपलब्धिमूलक image

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तहका नेताहरूको सोमबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनबीच भएको चुनावी तालमेल उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।

गठबन्धन बैठकमा चुनावी समीक्षा

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षा भएको जानकारी दिए । ‘बैठकमा चुनावी समीक्षा भयो, गठबन्धनबीचमा तलैसम्म सबै स्थानीय तहमा तालमेल नहुँदा सोचेजस्तो परिणाम आएन भन्ने निष्कर्ष हो तर पनि परिणाम सन्तोषजनक, उपलब्धिमूलक छ भन्ने छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

बैठकले पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा पनि गठबन्धन आबद्ध पाँच दलभित्र सहमति गरेर जान जिल्ला तहका नेतृत्वलाई निर्देशन दिएको छ । नेता पौडेलले गठबन्धन आबद्ध जिल्ला तहका नेतृत्वलाई पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा सहमतिका साथ अघि बढ्न निर्देशन गरिएको जानकारी दिएका हुन् । पौडेलका अनुसार सो निर्देशन कार्यान्वयनका लागि पाँचांै दलले आ–आफ्नो दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिनेसमेत प्रतिबद्धता जनाएका छन् ।

राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबीचको चुनावी तालमेलको निर्णय सबै स्थानीय तहमा कार्यान्वयन नभए पनि गठबन्धनबीचको तालमेल मूलभूत रूपमा सफल भएको बताइन् । उनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि सत्ता गठबन्धनबीचमा चुनावी तालमेलको आधार तय भएको ’bout बैठकमा नेताहरूबाट धारणा आएको जानकारी दिइन् । ‘स्थानीय तहमा भएको चुनावी तालमेलले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि चुनावी तालमेलका लागि आधार तयार गरेको ’bout नेताहरूबाट धारणा आएको छ,’ पौडेलले भनिन् ।

सत्तारूढ दलबीचमा देशभरका ७ सय ५३ पालिकामध्ये २ सय ९ पालिकामा चुनावी तालमेल भएको थियो । मुख्य गरी महानगर र उपमहानगरमा गठबन्धन आबद्ध दलहरूले तालमेललाई कसिलो बनाएका थिए । देशभरका ७ सय ५२ पालिकाको अन्तिम नजिता आउँदा गठबन्धनमा आबद्ध प्रमुख घटक कांग्रेसले ३ सय २९, माओवादीले १ सय २१, जसपाले ३०, एकीकृत समाजवादीले २० र जनमोर्चाले दुई पालिका प्रमुख जितेका छन् ।

 


Thali Mobile Pvt.Ltd.