भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तीन महिनामा नयाँ श्रमिकको माग ५० % बढ्यो


  • फाल्गुन २१, २०७७
  • 588 Views
तीन महिनामा नयाँ श्रमिकको माग ५० % बढ्यो image

काठमाण्डाैं । कोभिड–१९ कारण लगभग ६ महिना ठप्प भएको वैदेशिक रोजगारीमा जाने क्रम विस्तारै बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विगत ३ महिनाको तथ्यांकअनुसार विदेश जाने श्रमिकको संख्यामा क्रमशः वृद्धि हुँदै गएको पाइएको हो ।

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मंसिरको तुलनामा रोजगारीमा जाने नयाँ श्रमिकको संख्यामा लगभग ५० प्रतिशतले वृद्धि भएको छ । विभागको तथ्यांकअनुसार मंसिरमा नयाँ (वैधानिकीकारण, संस्थागत) रुपमा ४ हजार ३ सय ७७ श्रमिक रोजगारीका लागि विदेश गएकोमा माघमा ८ हजार ९ सय ६६ श्रमिक विदेशिएका छन् । यो तथ्यांक लकडाउनपछि पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका बाहेकको हो ।

यसैगरी बिदामा आएर जाने नेपालीले लिने पुनः श्रम स्वीकृतिसमेत बढेको पाइएको छ । मंसिरमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या माघमा भने न्यूनमात्र बढेको पाइएको छ । मंसिरमा पुनः श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या ८ हजारबाट बढेर ८ हजार ९ सय २१ पुगेको छ । यो अवधिमा पुनः श्रम स्वीकति लिनेको भन्दा नयाँ श्रम स्वीकृति लिनेको वृद्धि प्रतिशत बढिरहेको छ ।वैदेशिक रोजगारीमा जाने नयाँ नेपालीको संख्याले वैदेशिक रोजगारीलाई सन्तुलन गर्ने गरेका कारण नयाँ श्रमिक जाने विषयलाई अर्थपूर्ण रुपमा हेर्ने गरिएको छ । नयाँ जाने नेपाली श्रमिकको संख्याले रेमिट्यान्सलाई प्रभाव पर्ने गरेकाले यसलाई महत्वका साथ हेरिने गरिन्छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि नेउपानेले श्रम गन्तव्यमा रहेका रोजगारदाताले विदेशी श्रमिको मागलाई बढाउन थालेपछि श्रम स्वीकृतिको संख्या समेत वृद्धि हँदै गएको बताए । हाल विदेश जाने क्रम बढेपनि बिगतको तुलनामा भने वैदेशिक रोजगारीमा जानेको संख्या भने अभैm कम रहेको छ ।वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले प्रमुख ५ श्रम गन्तव्यले विदेशी श्रमिक लिन सकारात्मक भएपनि कोभिड संकट कायम नै रहेकाले विगतको जस्तो माग आउन नसकेको बताए । नेपालका प्रमुख श्रम गन्तव्य कतार, साउदी अरब, युएईले नेपाली श्रमिकको माग केही बढाएका कारण जाने नेपालीको संख्या वृद्धि भएको हो ।

युएईले हाल सरकारी र अर्धसरकारी निकायमा माग सुरु गरेकाले त्यहाँ जाने नेपालीको संख्यामा केही वृद्धि भएको हो । यसबाहेक कतार, ओमन र बहराइन भने सबै क्षेत्रका श्रमिकलाई रोजगारीका लागि आफनो देशमा प्रवेश अनुमतिसहित मागपत्र जारी गर्न थालेका छन् । साउदी अरब सरकारले पनि विदेशी श्रमिकको मागपत्र जारी गरिरहेकाले त्यहाँस्थित नेपाली दूतावासले अनलाइनमार्पmत प्रमाणिकरणको काम गरिरहेका छन् ।

साउदी अरब सरकारले मार्चको १४ तारिखयता श्रमिक नपठाउन अनुरोध गरेपनि मागपत्र भने जारी गर्दै आएको छ । त्यहाँस्थित नेपाली दूतावासले प्रमाणिकरणका लागि अनलाइन आवेदन लिइरहेको जनाएको छ । यो महिना मात्र साउदी दूतावासले एक हजार भन्दा बढी नेपालीको मागपत्र प्रमाणिकरणका कागजात विभागमा पठाएका छन् । खाडी देशका अधिकांश श्रम गन्तव्यले पूर्णरुपमा विदेशी श्रमिकको प्रवेशलाई खुला नगरेपनि माग प्रक्रिया भने रोकेको छैन ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.