भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दादुरा फैलँदै, निवारण लक्ष्य सरेको सर्‍यै


  • जेष्ठ २६, २०८०
  • 297 Views
दादुरा फैलँदै, निवारण लक्ष्य सरेको सर्‍यै image

काठमाडौं । उपत्यकालगायत विभिन्न जिल्लामा दादुराका संक्रमित बढ्दैछन्। काठमाडौंमा नै ४ जनामा संक्रमणको पुष्टि भएको छ भने अन्य जिल्लामा पनि संक्रमित थपिँदै जाँदा निवारणको आगामी लक्ष्य चुनौतीपूर्ण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार, खोप अभियान प्रभावकारी हुन नसक्दा दादुरा निवारणको लक्ष्य सरेको सर्‍यै छ। ‘हरेक वर्षजसो दादुराको आउटब्रेक भइरहेको छ,’ जनस्वास्थ्य विज्ञ डा.मरासिनी भन्छन्, ‘हरेक बालबालिकालाई खोप लगाएको भए लक्ष्य भेट्न सकिन्थ्यो।

खोपको कभरेज कम भएकाले फेरि पनि दादुरा निवारणको लक्ष्य चुनौतीपूर्ण बनेको छ।’अहिलेसम्म दादुरा निवारणको लक्ष्य दुईपटक सरेको छ। विगतमा सन् २०१९ मा दादुरा उन्मूलनको लक्ष्य राखिएको थियो। संक्रमितहरू फेला पर्न थालेपछि सन् २०२३ मा दादुरा उन्मूलनको प्रतिबद्धता व्यक्त गरिएको थियो। त्यो पनि पूरा हुन नसक्ने भएपछि अहिले सन् २०२६ मा दादुरा उन्मूलनको लक्ष्य राखिएको छ। यस वर्ष दादुरा संक्रमित झन् बढेकाले यो लक्ष्य पूरा गर्न पनि चुनौती बढेको जनस्वास्थ्य विज्ञ डा। मरासिनीले बताए।

यस वर्ष काठमाडौंलगायत विभिन्न जिल्लामा दादुराका संक्रमितहरू पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। समीरकुमार अधिकारीका अनुसार, दादुराको मुलुकका विभिन्न जिल्लामा दादुराका संक्रमित देखिएकाले निवारणको लक्ष्य चुनौतीपूर्ण बनेको छ। ‘काठमाडौंमै दादुराको आउटब्रेक भएको छ। यसले दादुराको निवारणमा स्वाभाविक रूपमै चुनौती बढाएको छ,’ डा। अधिकारीले भने, ‘दादुराको आउटब्रेट हुन थालेका अन्य ९ जिल्लामा पनि पछि खोप कार्यक्रम अगाडि बढाइएको छ।’ दादुराविरुद्धको खोप लगाउन छुटेका बालबालिकाहरूलाई लक्षित गरी खोप अभियान सुरु गरिएको डा। अधिकारीले बताए।

काठमाडौंको गोकर्णेश्वर–९ स्थित एक विद्यालयमा अध्ययनरत चार जनामा दादुरा पुष्टि भएको छ। डा. अधिकारीका अनुसार, चार जना दादुराका संक्रमितले पनि खोप नलगाएको पाइएको छ। सो क्षेत्रमा बसोबास गर्ने अन्य ६२ जनामा दादुराका लक्षणहरू देखिएको छ। स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा। विवेककुमार लालका अनुसार, दादुरा संक्रमण पुष्टि भएका र शंकास्पदलाई आइसोलेसनमा राखिएको छ।

दादुरा मिजल्स भाइरसबाट हुने अति संक्रामक रोग हो। यो रोग जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ। तर, विशेष गरी बालबालिकालाई लाग्ने जनस्वास्थ्य विज्ञ डा। मरासिनीले बताए। ‘अति संक्रामक भएकाले गर्दा यो रोगले छिट्टै प्रकोपको रूप लिन सक्छ,’ डा.मरासिनीले भने । उनले भने, ‘यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ।’

परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा। लालका अनुसार, कोभिड–१९ को बेला दादुराविरुद्ध खोप लगाउनबाट बञ्चित भएका बालबालिकामा दादुराको जोखिम पाइएको छ। डा.लालले भने, ‘खोप लगाउन छुटेका र दादुराको जोखिम हुनसक्ने जिल्लाहरूमा जिल्लाव्यापी रूपमैे खोप अभियान नै चलाइएको छ।’ गत वर्ष २०७९ पुसमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा पनि दादुरा संक्रमण पुष्टि भएको थियो।

यस वर्ष सुर्खेत, कालिकोट, दाङ, सुनसरी, बाजुरालगायतका जिल्लामा दादुरा पुष्टि भएको छ। परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा।लालका अनुसार, दादुरा खोप अभियानलाई देशव्यापी रूपमा चलाउन सकिने सम्भावना छ। ‘दादुराविरुद्ध सचेतना र खोप अभियान देशव्यापी चलाउनका लागि प्रस्ताव तयार गर्दै छौं,’ डा। लालले भने, ‘सन् २०२६ मा दादुरा निवारण गर्ने लक्ष्य रहेको छ। दक्षिण पूर्वी एसियाले नै निवारण गर्ने आँट गरेकोमा हामी पनि प्रयासरत छौं।’

रोकथामका उपाय

९ महिना र १५ महिनाका बालबालिकालाई दादुरा—रुबेला मिश्रित दुई मात्रा खोप अनिवार्य लगाउने।

५ वर्षमुनिका बालबालिका दादुरा रुबेला खोप लगाउन छुटेमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई वर्षको दुई पटक वैशाख र कात्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउने।

शंकास्पद लक्षण देखिएमा के गर्ने ?

शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्ने
हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने
सार्वजनिक ठाउँहरूमा नजाने
व्यक्तिगत सरसफाइमा ध्यान दिने
बेला–बेलामा साबुन पानीले मिचिमिची हात धुने
संक्रमित व्यक्तिलाई भीडभाड भएका स्थानमा नलैजाने
घरभित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने
संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहने । अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.