भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दोस्रो प्रयाशमा मिस नेपाल बनिन् नम्रता


  • मंसिर २१, २०७७
  • 901 Views
दोस्रो प्रयाशमा मिस नेपाल बनिन् नम्रता image

काठमाडौं । कोरोना महामारीबीच शनिबार बेलुकी काठमाडौंमा आयोजना गरिएको मिस नेपाल प्रतियोगितामा २३ वर्षीया नम्रता श्रेष्ठ उपाधि जित्न सफल भएकी छिन् । काठमाडौंको पार्क भिलेज होटलमा सामाजिक दुरी कायम गर्दै आयोजित प्रतियोगिताको अन्तिममा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल वल्र्ड–२०२० को ताज चुमेकी हुन् । उनले मिस कन्फिडेन्टको उपाधि पनि जितिन् । यसअघि नम्रताले मिस नेपाल २०१६ मा पनि भाग लिएकी थिइन् । त्यतिबेला उनको यात्रा उत्कृष्ट पाँचमै टुंगिएको थियो । मिस नेपाल बन्ने अठोटसाथ प्रतियोगितामा पुनः उत्रिएकी नम्रताले दोस्रोपटकको संघर्षमा आफूलाई मिस नेपाल साबित गरेकी हुन् ।

प्रतिस्पर्धाको अन्तिम राउन्डका निर्णायकबाट सोधिएको ‘कल्पना गर्नुस्, तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ रु’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रता मिस नेपाल २०२० बन्न सफल भएकी हुन् । उनले आमालाई सम्झँदै नेपाली महिला सशक्त हुने गरेको तार्किक जवाफ दिएकी थिइन् । नम्रता किन्डरगार्डेनकी शिक्षिकासमेत हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै अब चाँडै

हुने मिस वल्र्डमा भाग लिने आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ । सो प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेकी छिन् । यस्तै, मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले र मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्माले हासिल गरेका छन् । २० जना प्रतियोगी सहभागी यस प्रतियोगितामा मिस ब्युटी विथ पर्पजको उपाधि सन्ध्या शर्मा, मिस हेल्दीको उपाधि नेहा सरकार, मिस पपुलर च्वाइसको उपाधि सन्ध्या शर्मा, मिस फोटोजेनिकको उपाधि आस्थिका श्रेष्ठ र मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकतर्फ मिस नेपाल २०१७ निकिता चाण्डक, डा। पुकार मल्ल, डा। राज राणा, प्रीति सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकोप्टर क्याप्टेन प्रिया अधिकारी, शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैद्यलगायत थिए । मुलुकमा अझै कोरोनाका महामारी कायम रहेका कारण यसपटकको मिस नेपालका प्रारम्भिक चयनदेखि प्रशिक्षणसमेत भर्चुअल प्रविधिबाट गरिएको आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कार्यक्रममा बताए । राजधानी दैनिकबाट…..

 

 


Thali Mobile Pvt.Ltd.